Header Ads


आफनालाई नै न्याय दिन नसक्नेले छिमेकमा हस्तक्षेप किन गर्छन ?

–जनकमान डंगोल
१४ मार्च १९७२ मा पुर्बोत्तर राज्य भारतको मणिपुर राज्य अन्तर्गत पर्ने कोंग्फाल, ईम्फालमा जन्मेकी इरोम चानु शर्मिला कवयित्री तथा मानवाधिकार कार्यकर्ता समेत हुन । आतंकवाद नियन्त्रणको नाउँमा भारतले आफ्नो देसको जुनसुकै राज्यमा ‘सशस्त्र बल बिशेस शक्तियां अधिनियम १९५८’ भन्ने कानुन लगाएर जोसुकैलाई पनि बिना सुचना पक्राउ गर्न देल्खी गोलि हानेर मार्न सक्छ । यो नियमको दुरुपयोग गर्दै सेनाले निर्दोष नागरिक मार्यो भन्दै इरोम सर्मिलाले ४ नोभेम्बर २००० देखि भोक हड्ताल सुरु गरिन ।
आमरण भोक हडतालको दौरानमा धेरै पटक इरोम चानु सर्मिला पक्राउ परिन । तिनले चालेको कदमलाई रोक्न राज्य सरकारले आत्महत्या गर्न लागेको भन्ने अभियोग लगाउंदै इरोम शर्मिलालाई पक्राउ गरेर मुद्धा समेत चलायो । निजको मुद्धा अहिले सम्म पनि अदालतमा विचाराधीन छ । आमरण भोक हडतालको सिलसिलामा इरोम शर्मिला अहिले अस्पतालमा छिन र उनको जीवन रक्षाको लागि उनलाई नाकबाट तरल पदार्थ खाना पानि दिएर राखिएको छ ।
लामो समय सम्म आमरण भोक हड्ताल गर्दा पनि सरकारले ईरोम शर्मिलाको मागमा कुनै सुनुवाई नगरे पछी बाध्य भएर इरोम शर्मिलाले आउँदो ९ अगष्टमा म भोक हड्ताल तोडेर आउँदो चुनावमा स्वतन्त्र उम्मेदवार भनेर चुनावमा भाग लिन्छु । सरकारले मेरो मागको सुनुवाई गरेन त्यसैले जनप्रतिनिधि बनेर म मेरो माग अझै जोडदार ढंगले उठाउछु भनेर घोषणा समेत गरिन ।
लामो समय सम्म बेलायति साम्राज्यको चंगुलमा परेको भारतलाई स्वतन्त्र दिलाउन धेरै नागरिहरु देखि नेताहरुले आफ्नो प्राणको आहुति पनि दिए । माहात्मा गान्धी भनेर नाम कहलिएको मोहन दास करम चन्दले सत्याग्रह आन्दोलन देखि नमक छोडो आन्दोलन समेत गरेका थिए । हिंसात्मक भन्दा अहिंसात्मक आन्दोलनमा जोड दिने गान्धीकै कारण अंग्रेजहरुले भारत छोड्नु परेको घटना पनि भारतीय ईतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
संसारकै सबै भन्दा ठुला प्रजातन्त्रबादी मुलुक भनेर गर्ब गर्ने छिमेकी भारतका राजनेताहरुले गान्धीकै अनुसरण गरेर आमरण भोक हड्तालमा उत्रिएको आफ्नै देसको नागरिक इरोम चानु शर्मिलालाई न्याय दिन सक्दैन । यदि दिन्थे भने इरोम शर्मिलाले १६ बर्ष सम्म चलाएको आन्दोलनलाई अहिले आएर किन स्थगीत गरिन ?
कुनै समयमा सिंगो हिन्दुस्थान भने चिनिएको पाकिस्थान तथा बंगलादेस अहिले छुट्टै स्वतन्त्र राज्य बन्न पुगेको छ । हिजोका आफ्ना सगोत्रिहरु संग सूमधुर सम्बन्ध कायम राख्नु पर्नेमा आज आएर ति दुवै देशबाट खतरा छ भन्ने सोच पालेर भारत बसेको छ । सुमधुर सम्बन्ध भएको भए मिलेर बस्थे होलान र छिमेकी पाकिस्तान संग पटक पटक युद्ध समेत गर्न पर्दैनथ्यो ।
हिजोका आफ्नै सगोत्रीहरु संग सुमधुर सम्बन्ध कायम राख्न नसक्ने भारतले छिमेकी देसहरुमा हस्तक्षेप गर्न लाज मान्दैन । पाए सम्म देसै हडप्न पछी पर्दैन भन्ने उदाहरण भरतमा सिक्किम गाभेर देखाएको छ  । नाङ्गो हस्तक्षेप गरेर नाम मात्रको देस बनाई दिएको छ भुटानलाई । नेपाललाई सके सिक्किम नसके भुटान सम्म बनाउने योजनामा लागेको छ भारत । अहिले सम्म देखिएको गतिविधिले यस्तै पुस्टि गरेको छ  ।
आतंकबाद नियन्त्रण गर्ने नाउँमा आफ्नै नागरिकहरु माथि बिशेधिकार नियम बनाएर अकारण मृत्युको काखमा पुर्याउन पछी नपर्ने अनि त्यसको बिरोधमा आफ्नै देसको नागरिकले गरेको आमरण अनसनको सुनुवाई नगर्ने भारतले छिमेकी  देसहरुको आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेप गर्न मिल्छ ?

No comments

Powered by Blogger.