Header Ads


हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने

कार्यक्रममा २ लाख अवलोकनकर्ताहरुले अबलोकन गर्ने अनुमान
हेटौँडा, ४ भदौ
फेडेरशन अफ कम्प्युटर एशोसियस
क्यान मकवानपुरले  हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि  आउँदो असोज १० गतेबाट इन्फोटेक हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै क्यान मकवानपुर शाखाका अध्यक्ष सन्तोष पाण्डेले सूचना प्रविधिको क्षेत्रमा आएको आयमको  बारेमा जानकारी प्रदान गर्दै सूचनाको आधुनिकिकरणको विषयमा आम नागरिकलाई साक्षतकार गराउनको लागि मेलाको आयोजन गर्न लागेको बताए ।
१ सय ६५ वटा स्टल रहने मेलामा  विभिन्न सूचनाप्रविधिको विषयमा उत्पादित कम्पनिको वस्तुहरु प्रर्दशनी, मोफसलमानै पहिलो पटक रोबोटको प्रर्दशनी, आईटी विश्वविद्यालयको विषयमा जानकारी, मोवाईलको स्टाल सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
भुटनदेवी उच्च माविको मैदानमा हुने कार्यक्रममा निशुल्क कम्प्युटर सर्भिस, आईटि सेमिनार समेत हने जनाईएको छ । ८ लाख २२ हजार खर्चको अनुमान गरिएको कार्यक्रमलाई सफल बनाउन सबै मकवानपुरको साथ आवश्यक रहेको एशोसियसनका जिल्ला सचिव पुष्पराज पुडासैनीले बताए । कार्यक्रममा २ लाख अवलोकनकर्ताहरुले अबलोकन गर्ने अनुमान गरिएको उनको भनाई रहेको छ । मेलामा १० करोडको कारोवार हुने  जनाईएको छ ।
       पत्रकार सम्मेलनमा क्यान मकवानपुरका पुर्व अध्यक्ष अनुपकुमार अग्रवाल, क्यानका सल्लाहाकार गंगाप्रसाद पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।  नेपाल क्यान, मकवानपुर को आयोजनामा असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने भएको छ ।

No comments

Powered by Blogger.