Header Ads


कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच तीन बुँदे सहमति (के के छन सहमतीमा)

साउन १९
काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाली कांग्रेस र नेकपा माओवादीबीच मोर्चाका मागका सम्बन्धमा सहमति जुटेको छ । नेपाल सद्भावना पार्टीका नेता अनिल झाले बैठकबाट तीन बुंदे सहमति भएको भन्दै मोर्चाले आजको प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई सघाउने बताए ।
उनका अनुसार नेताहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ  ।
यसअघि मंगलबार दिनभर भएको त्रिपक्षीय छलफलमा सहमतिको भाषामा नेताहरुबीच विवाद भएपछि मोर्चाले मतदान गर्ने या नगर्ने भन्नेमा अन्योलता छाएको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चारसंघीय गठबन्धनबचि सम्पन्न सहमतिपत्र
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनार्थ भएका सबै आन्दोलन, संघर्ष र अभियानलाई सम्मानपूर्वक स्मरण गर्दै बाढी, पहिरो र विनाशकारी भूकम्पबाट उत्पन्न समस्याको निराकरण गर्न र जनजीविकासँग जोर्डिका समस्या समाधान गरी देशलाई शान्ति स्थिरता, आर्थिक उन्नति एवम् विकासतर्फ अग्रसर गर्न प्रतिबद्धता व्यक्त गर्दै निम्नलिखित सहमति गर्दछौं

१. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा÷संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरुमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने ।

२. सरकार गठन भएलगत्रै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चारसंघीय गठबन्धनको आन्दोलनको क्रममा तराई मधेसमा भएका सिंसा, हत्या आगजनी, तोडफोडलगायतका घटनाहरुबारे सत्य तग्य छानबिन गरी प्रतिवेदन पेश गर्न सरकारले पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने । उक्त आन्दोलनका क्रममा बलिदान भएकाहरुलाई उच्च सम्मान गर्न शहिद घोषणा गर्ने र पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने । अपांग भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरुका हरुको सम्पूर्ण उपचार खर्च बेहोर्ने ।र गिरफतार गरिएकाहरुलाई बिना शर्त रिहाई गरिने र लगाइएका मुद्दाहरु सरकारले खारेज गर्ने तथा फिर्ता गर्ने

३. आगामी सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार व्यवस्थापिका संसदमा वि।सं २०७३ साउन १९ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष माननिय पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने ।

मितिः२०७३–०४–१९
सहमतिपत्रमा कांग्रेस सभापति, माओवादी अध्यक्ष सहित मधेसी गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

No comments

Powered by Blogger.