कुकुरले २२ दिने नाबालिका मार्यो
१९ साउन । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१४ का बिमला जोशीकी २२ दिने नाबालिका छोरी माधवी जोशीलाई कुकुरले लुछेपछि मृत अवस्थामा भेटिएकी छिन् । मङ्गलबार दिउँसो आफू शौचालयमा गएका बेलामा आएको कुकुरले २२ दिने नाबालिका छोरीलाई लुछ्दै घरको केही मिटर पर लगेको आमा बिमलाले बताउनुभयो ।
घटनापछि प्रहरीले नाबालिकाको शव साँझ परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुयाएको छ भने बिमलालाई घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नाबालिका बच्चालाई कुकुरले मारेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।


No comments