विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट कार्यान्वयन गराउन ध्यानाकर्षण
हेटौँडा,२५ साउननया शक्ति विद्यार्थी युनियनले विद्यार्थी भाडा छुटको व्यवस्था कार्यान्वयनमा यातायात व्यवसायीलाई दबाब दिएको छ । विद्यार्थी युनियन मकवानपुरको १ नम्बर क्षेत्रीय कमिटीले सोमबार विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट कार्यान्वयन गराउन यातायात व्यवसायीलाई सचेत गराएको हो ।
नारायणी व्यवसायी संघ हेटौंडाका अध्यक्ष बद्रीप्रसाद चौलागाईलाई ज्ञापनपत्र बुझाउदै युनियनका क्षेत्रीय कमिटी अध्यक्ष गिरिजा अधिकारीले हेटौंडादखि हटिया÷हर्नामाडी चल्ने सवारीले मनलाग्दी गरेको भन्दै ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।‘यातायात व्यवसायीले आफ्नो मनलाग्दी नियम बनाउदै साथमा कार्ड बाकेर हिड्ने विद्यार्थीलाई भाडा छुट नदिने गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘छुट कार्यान्वयन नगरिए आन्दोलनका जस्तोसुकै कार्यक्रम गर्न बाध्य हुनेछौं ।’ सरकारले निर्धारण गरेको नियम कानूनको पालना गर्न गराउन आफूहरु निरन्तर सक्रिय रहने अध्यक्ष अधिकारीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।


No comments