Header Ads


कसको कारणले भाँडियो एकीकरण ?


-जनकमान डंगोल 

पुर्ब पन्चहरुको पार्टी भनेर चिनिएको रा.प्र.पा तथा रा.प्र.पा नेपाल बीच मिति २०७३ श्रावण २५ गते पार्टी एकीकरण हुने कार्यक्रम रहेको थियो तर एकीकरणको ठिक एक दिन अगाडी मिति २०७३ श्रावण २४ गते रा।प्र।पा का अध्यक्ष पशुपति सम्सेर राणाले आफ्ना समर्थकहरुलाई एकीकरण हुने स्थलमा नजाने उर्दी जारे । सोहि बिषयलाई लिएर रा.प्र.पानेपालका पार्टी उपाध्यक्ष राजिब पराजुलीले सामाजिक संजाल फेसबुकमा पोस्ट लेखे 

मिति २०७३ श्रावण १४ गते यो पंक्तिकारले पुर्व पन्चहरुको पार्टीको एकीकरणको बिषयलाई लिएर आफ्नो निजि ब्लगमा टिप्पणी लेखेको थिए  । आज आएर उक्त टिप्पणी सतप्रतिसत सहि निस्केको छ ।  
अब कसरि एकीकरण हुन सक्दैन र भन्ने प्रश्न उठ्न सक्छ तर  देखिएको सतही व्यहोरा भने निम्नानुसार रहेको छ ।  
रा।प्र।पा चुनाव चिन्ह हलोका नेता पशुपति सम्सेर राणा गणतन्त्रलाई समर्थन गर्छन । पशुपति सम्सेर राणाको पार्टीमा बहुसंख्यक पार्टी कार्यकर्ताहरु नेपालमा हिन्दु धर्म र राजतन्त्र स्थापना भएको हेर्न चाहन्छन । हिन्दु धर्म र राजतन्त्र नचाहने भए कांग्रेस तथा अन्य विभिन्न पार्टीहरुमा लाग्थे होलान । बहु संख्यक पार्टी कार्यकर्ताको आवाजलाई दबाउन नसकेर हिन्दु धर्मको समर्थनमा भर्खर मात्र पशुपति सम्सेर राणाले मुख खोलेका छन । दर्बार छाडेका राजासंग पशुपति सम्सेर राणाको सम्बन्ध राम्रो छैन । राजा संग सुमधुर सम्बन्ध भई दिएको भए राजाको जन्म दिनमा जसरि कमल थापा फुलको गुच्छा बोकेर शुभकामना दिन जान्थे त्यसरीनै  पशुपति सम्सेर राणा पनि निर्मल निवासमा जन्मदिनको शुभकामना दिन फुलको गुच्छा बोकेर जान्थे होलान भने पुर्ब पन्चहरुको पार्टी पहिले नै एक ढीक्का पनि हुन्थ्यो होला ।
रा।प्र।पा नेपाल ९चुनाव चिन्ह गाई० राजतन्त्र र हिन्दु धर्मको पक्षमा जोडदार आवाज उठाउने पार्टी हो र चाहेर पनि रा।प्र।पा नेपालले गणतन्त्रलाई समर्थन गर्न सक्दैन । हिजोको संबिधान सभाको निर्वाचनमा जनता संग मत माग्न जाँदा नेपालमा ‘राजतन्त्र र हिन्दु धर्म’ स्थापना गर्छु भनेर जनतालाई बचन समेत दिएका थिए भने पार्टीको घोषणा पत्रमा पनि सोहि व्यहोरा लेखिएको छ ।
रा।प्र।पा नेपाल ९चुनाव चिन्ह गाई० का पार्टी अध्यक्ष कमल थापा उमेर र राजनीतिमा पशुपति सम्सेर ज।ब।रा तथा लोकेन्द्र बहादुर चन्द भन्दा कनिस्ट हुन । कनिस्टको मातहतमा बसेर काम गर्दा शिर निहुरिन्छ भन्ने अहं पुर्ब माहापन्चहरुले पालेका छन । राजनीतिमा बरिस्ट र कनिस्ट हुन्न भन्ने ग्यान मनमा भई दिएको भए अहंता प्रदर्शन किन गर्थे ।
रा।प्र।पा ९चुनाव चिन्ह हलो० पार्टीका अध्यक्ष पशुपति सम्सेर राणाको पार्टीले वली सरकारलाई समर्थन छैन भन्दै अन्तिम अबस्थामा आएर समर्थन फिर्ता लिएका थिए । राजनीतिमा त्यो भन्दा ठुलो बेईमानी अरु के हुन्छ । नैतिकता भई दिएको भए आफु समेत सम्मिलित सरकारको समर्थनमा चटृानी अडिग लिन्थे होलान । समर्थन फिर्ता लिएर यतिखेर प्रधानमन्त्रि प्रचण्डको सरकारमा जान भनेर खुट्टो उचालेर बसी सकेको छन भने कमल थापाको पार्टीले अन्तिम अबस्था सम्म पनि वली सरकारको साथ छोडेन र सरकारमा समेत नजाने भनेर घोषणा गरि सकेको अबस्थामा भोलि पार्टी एकीकरण भयो भने मन्त्रि खान नपाईने भय पशुपति सम्सेर राणा नजिकका केहि नेताहरुलाई परेको छ ।
रा।प्र।पा ९हलो० का पशुपति सम्सेर राणा र लोकेन्द्र बहादुर चन्द एक आर्काको प्रतिस्पर्धी तथा घोर बिरोधि समेत हुन । पार्टीको अध्यक्ष पदलाई लिएर अदालतको दैलो चाहार्न समेत पछी नहट्ने यी दुई नेताहरुमा भर्खरै पार्टी अध्यक्ष छाडेका लोकेन्द्र बहादुर चन्दले कमल थापाको पार्टी संग छिटो एकीकरण गर्न हतारिनु भनेको पशुपति सम्सेर राणा पार्टीको केन्दीय अध्यक्ष पदमा नपुगोस भन्ने चाहना मनमा पाल्नु हो ।
जन्मजात पुर्ब पन्चेको तक्माले सुसोभित यस्ता नेताहरु देस र जनता प्रति बफादार हुन्थे भने नेपालमा अहिले सम्म पंचायती ब्यबस्थानै कायम रहन्थ्यो होला । कतै यिनीहरुकै मिलोमतोमा २०४६ सालको आन्दोलन गराईएको त हैन रु ब्यबहारले त्यस्तै देखाउछ किनभने यिनीहरु छेपारोले रंग फेरेको जस्तरी रंग फेर्न माहिर छननि ।
पंक्तिकार रा।प्र।पा हलो तथा गाई पार्टीको कार्यकर्ता हैन न त कांग्रेस तथा कम्युनिस्ट पार्टीको समर्थनमा जिन्दाबाद भनेर नारा लाउछ । राजनीति पार्टी तथा ति पार्टीका नेताहरुको क्रियाकलाप जस्तो देखियो त्यसलाई लिपिमा उतारेर आफ्ना पाठकहरु समक्ष प्रस्तुत मात्र गरि दिएको हो । पंचायत देखि प्रजातन्त्र हुँदै गणतन्त्र देखेर भोगेपछी टिप्पणी गर्नु कुन ठुलो कुरो भयो र ।

No comments

Powered by Blogger.