कनकमणि दिक्षितको १९ रोपनी जग्गा जफत गर्ने सरकारी निर्णय
साउन १९ ललितपुर– भूमिसुधार कार्यालय ललितपुरले कनकमणि दिक्षित, उनका भाई कुन्दनमणि दिक्षित र बावु कमलमणि दिक्षितको नाममा रहेको ललितपुर उप–महानगरपालिकाको करिब १९ रोपनी जग्गा जफत गर्ने निर्णय गरेको छ ।
२०२१ सालमा जगदम्बा महारानीले आफूले हकभोग गर्न नपाउने जग्गा सरकारको जिम्मा लगाएपनि सोही जग्गा दिक्षित परिवारले आफ्नो नाममा गरेको देखिएको भूमिसुधार कार्यालय ललितपुरले जनाएको छ । भूमिसुधार कार्यालय ललितपुरले दिएको जानकारी अनुसार ‘ललितपुर नगर–३ ज’ निम्न कित्ता नम्बरका जग्गाहरु सरकारले जफत गर्ने निर्णय गरिएको छ ।
कनकमणि दिक्षित ललितपुर उप–महानगर ‘३ ज’ मा रहेको कित्ता नम्बर २०७ र २९९ मा फैलिएको २ रोपनी । कुन्दनमणि दिक्षित ललितपुर उप–महानगर ‘३ ज’ मा रहेको कित्ता नम्बर ७४ र २०६ मा फैलिएको ४ रोपनी ८ अना जग्गा ।
कमलमणि दिक्षित ललितपुर उप–महानगर ‘३ ज’ मा रहेको कित्ता नम्बर ९०, ९१ र ९३ मा फैलिएको ३ रोपनी १ पैसा ।
होटल ओसिस ललितपुर उप–महानगर ‘३ ज’ मा रहेको कित्ता नम्बर १५६, ९७, ९८, ९९, १०० र १०१ मा फैलिएको ३ रोपनी १ आना ९ पैसा ।
जगदम्बा प्रेस ललितपुर उप–महानगर ‘३ ज’ मा रहेको कित्ता नम्बर ८०, ८१, ८३, ८४, २५३ मा फैलिएको ३ रोपनी एक आना ३ पैसा ।
मदन पुरस्कार पुस्तकालय ललितपुर उप–महानगर ‘३ ज’ मा रहेको कित्ता नम्बर २५२ र ८५ मा फैलिएको २ रोपनी ६ आना ।
ललितपुरमा रहेको मदन पुरस्कार पुस्तकालय तथा जगदम्बा प्रेस कनकमणि दिक्षितकै स्वामित्वमा रहेको छ । यता होटल ओसिसबारेको तथ्य खुल्न बाँकी छ । कनकमणि दिक्षितले साझा यातायातको अध्यक्ष हुँदा अकुत सम्पती आर्जन गरेको भन्दै अख्तियारले छानबिन गरिरहेको छ । त्यस्तै राष्ट्रबैंकलाई जानकारी नै नदिई विदेशी मुलुकहरुमा १२ अरब भन्दा बढी लगानी गरेर वैदेशिक मुद्रा अपचलन गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
जिल्ला भूमिसुधार कार्यालयले उनको अवैध जग्गा सम्बन्धमा छानबिन गरिरहेको थियो । भूमिसुधार कार्यालयलाई जग्गा सम्बन्धी निर्णय गर्ने अधिकारी अदालतलाई जत्तिकै हुन्छ । बुधबार दुवै तर्फका कानुन व्यवसायीको बहस सुनेपछि भूमिसुधार कार्यालय ललितपुरका कार्यालय प्रमुख शान्तिराम प्रसाईंले दिक्षित परिवारले हडपेको १९ रोपनी जग्गा सरकारले जफत गर्ने फैसला सुनाएको थिए । उनको फैसलामा चित्त नबुझे दिक्षित परिवारलाई पुनरावेदन अदालत जाने कानुनी बाटो भने खुल्ला रहेको छ ।
–महानगरपालिका–३ ज’ मा रहेका विभिन्न कित्तामा फैलिएको करिब १९ रोपनी जग्गा जफत गर्ने निर्णय भएको पुष्टि गर्दै भूमिसुधार कार्यालय ललितपुरका अधिकृत चुडामणि चापागाईले भने, ‘२०२१ सालमा कमलमणि दिक्षितले ७ नम्बर फाँटबारी नभरी लुकाईछिपाई राखेको तथा महारानी जगदम्बा कुमारीदेवी राणाको प्राप्तमा भएको जग्गा हक हस्तान्तरण गरी विभिन्न व्यक्तिको नाममा गएको देखिएकाले जफत गर्ने निर्णय भएको छ ।


No comments