Header Ads


संविधान संसोधन नगरे संविधानलाई खारेज गर्छौ :उपेन्द्र यादव

हेटौँडा,३२ साउन
    संघिय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष तथा संघिय गठवन्धका संयोजक उपेन्द्र यादवले नेपालको संविधानलाई संसोधन या पुर्नलेखन गरेर नसच्याउने हो भने लागु हुन नसक्ने बताएका छन् । यदि संविधान समयमानै पुर्नरलेखन भएन, र आफुहरुसँग भएको सहमति भएन भने संविधान खारेज हुने उनले चेतावनी समेत दिएका छन् ।
आज मंगलबार हेटौँडाम संगिय गठबन्धले आयोजना गरेको अन्तरक्रियामा बोल्दै संयोजक यादवले को संविधान पञ्चायतकालमा राजाले घोषणा गरेको जस्तो एक जाती एक भेषको नाराजस्तो भएको बताए । यो संविधानले आदिवासी, जनजाती, मधेशी, दलित, महिला, अल्पसङख्यक, मुस्लीम लगाएत कसैको पनि अधिकार र पहिचानलाई संवोधन गर्न नसकेको भन्दै उनले संविधान पुर्नलेखन जरुरी रहेको बताए ।
संविधान संसोधनको विषयलाई लिएर आफुहरुले सरकारसँग सहमति गरेको बताउँदै उनले सरकारले संविधान पुर्नलेखन नगरे जनताले फेरी जलाईसकेको संविधानलाई खारेज गर्ने बताए ।
संघियताको विषयमा बोल्दै यादवले सात प्रदेशले हेर्दा संघियताको जस्तो आवरण देखिएपनि यो एकात्मक राज्य प्रणालीको अभ्यास मात्र भएको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सरदसिंह भण्डारीले काठमाण्डौं केन्द्रीत शाषकहरुले मधेस विरुद्ध पाहाड तथा पाहाड बिरुद्ध मधेश उचालेको बताए ।
नेपालका मुख्य दलहरुले मधेश आन्दोलनलाई वास्ता नगरेको बताउँदै उनले संघिय गठवन्धको माग पुरा नभएसम्म संविधान कार्यन्वयन हुन नसक्ने बताए । केपी सरकारले संघिय गठवन्धनको अस्तित्व समेत स्विकार नगरेको कारण सरकारको विपक्षमा मदतादन गरेको उनको भनाई रहेको छ।
संघिय गठबन्धनले सबैको भाषा सबैको भेष, सबै नेपालीको एउटै देश भन्ने मुल नारा बोकेर अघि बढेको बताउँदै आन्दोलनको भुमि मधेश भएको भएपनि त्यो माग सम्पूर्ण नेपाली जनताको भएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय  संघिय मधेश समाजवादी फोरमका केन्द्रीय सदस्य रामकिशोर यादवले देश अस्थिर हुनुमा ठुला दलहरुको चलखेल रहेको बताए ।
ताम्सालीङ संयुक्त संर्घष समितीका मकवानपुर संयोजक सभापति जय गोलेको अध्यक्षतामा भएको कार्यक्रममा शेर्पा प्रदेश संघर्ष समितीका पेम्वाछिरीङ शेर्पा   संघिय समाजवादी फोरम नेपालका मधेश प्रदेश मुख्यसचिव सलामउद्धिन महोम्मद लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

No comments

Powered by Blogger.