Header Ads


रोज राणामाथि खुकुरी प्रहार, केही निर्देशकको नाम लिएका छन्

निर्माता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार भएको छ । निर्माता तथा निर्देशक राणालाई काठमाण्डौको मध्यबाँनेश्वरमा खुकुरी प्रहार गरिएको हो । रत्नराज्यलक्ष्मी स्कुल अगाडि रहेको सेन्टर क्याफे बाहिर बसिरहेका रोजलाई खुकरी हानिएको हो । उनको दाहिने हातमा गम्भिर चोट लागेको छ । उनलाई टाउकोमा प्रहार गरिएको थियो, तर रोजले छेकेकाले हातमा गम्भिर चोट लागेको हो ।

अहिले उनको काठमाण्डौको ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ । उनको हातको अप्रेशन भैरहेको छ । खुकुरी कसले प्रहार ग¥यो भन्ने खुलेको छैन । उनलाई ३ जना व्यक्तिले खुकुरी प्रहार गरेको वुझिएको छ । बाइकमा आएका ३ जनाले उनीमाथि खुकुरी हानेका थिए । सुरुमा उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । प्रहरी श्रोतका अनुसार उनले केही निर्देशकको नाम लिएका छन् । तर, प्रहरीले नाम खुलाउन चाहेको छैन ।

घटनास्थलमा ४ वटा तरबार भेटिएको छ । सुरुवातमा हमला गर्नेहरुले रोजलाई तपाइको चलचित्र क्या गजब चलिरहेको छ भनेका थिए । त्यसपछि उनीमाथि प्रहार भएको थियो ।

अपराध महाशाखा र काठमाण्डौ प्रहरी परिसरले अहिले घटनाको अनुसन्धान भैरहेको जनाएको छ । घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । रोजले निर्देशन गरेको पहिलो फिल्म ‘जय परशुराम’ अहिले हलमा लागिरहेको छ ।

No comments

Powered by Blogger.