Header Ads


किन टासिन्छ घरघरमा नाग ?

साउन २३

हिन्दु धर्ममा लेखिएअनुसार नागसर्प लाई देवताको रुपमा पुजिन्छ, परापूर्वकालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेषमहत्व रहदै आएको पाइन्छ । भगवान शंकरको आभुषण होस् वा भगवानविष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकारसचित्र देख्न पाइन्छ।

पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो रु भन्ने सम्बन्धमापनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजापरीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकैभानिज आस्तिक ९जरत्कारु र मनसादेवी सुपुत्र०ले अनुरोध गरेपछि सर्पयज्ञरोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्लपञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएकोकुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमापनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जनाकिसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई।

 एक दिन त्यसकिसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग देवतारिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तरउसको छोरी छिमेकीको घरमा भएकोले बाँची र भोलिपल्ट किसानकोछोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरीदूध चढाई, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसकोपरिवारलाई बचाइदिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउनथालिएको पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । योपर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ।

नागपञ्चमी पूजा र विधिस्

प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो। यो दिनबिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन। गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमाबनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथाचट्याङको भय हुँदैन।  नागपञ्चमीका दिन यसरी विधिविधानले नागकोपूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक रप्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै कालसर्पू आदिगरिएको योग पनि नष्ट हुन्छ।

प्रार्थना मन्त्र :

आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि।

एह्येहि मनसे देवी नागमातर्नमस्तुते

अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः।

कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता।।

भावार्थ स् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, जगत्लाई आनन्द दिने नागमाता मनसादेवीलाई नमस्कार गर्दछु।

No comments

Powered by Blogger.