Header Ads


हुप्रचौरमा हुने मेलाको विषयमा गहन बहस

हेटौँडा,५ भदौ
हेटौँडा हुप्र चौरमा हुने गरेको मेलाको विषयमा प्रत्येक वर्षदेखि हुने गरेको विवाद यो वर्ष पनि देखिएको छ । सुमन भोम्जन स्मृति प्रतिष्ठानले हुप्र चौरमा मेला गर्न १० लाख रुपैँया दिने घोषणा गरेपछि पुनः हुप्रचौरमा हुने मेलाको विषयमा गहन बहस हुन थालेको हो ।
यसै सन्र्दभमा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ मकवानपुरले आज हेटौँडामा लोकतान्त्रीक हुप्र मैदानमा मेल गर्न हुने या नहुने विषयमा गरेको अन्र्तरक्रियामा बोल्दै माओवादी केन्द्रका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीले हुप्र चौरमा मेला गर्न आफुहरुको दलले कुनै सहयोग नगर्ने र मेला आयोजना हुन नदिनको लागि पहल गर्ने बताए । हुप्र चौरमा भएको संरचनालाई जोगाउन तथा हुप्र चौरलाई खुल्ला चौरको अवधारणाबाट लैजानको लागि मेला गर्न नहुने उनको भनाई रहेको छ ।
कसैको निर्णयले सार्वजनिक स्थान भाडामा दिन नमिल्ने बताउँदै आफुहरुले पैसा कमाउने उदेश्यले मात्र सञ्चालन गर्ने क्रियाकलापमा हुप्र चौरलाई परै राख्नु पर्छ भन्ने मान्यता बोकेको उनको भनाई छ ।
अन्तरक्रियामा बोल्दै हुप्र चौरको स्वामित्व रहेको नगर विकासका अध्यक्ष राजिब सुबेदीले आफुहरुले सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानलाई मेल गर्न अनुमति प्रदान गरिसकेको बताए । कार्यक्रममा बोल्दै सुबेदीले भने मेल गर्न दिएर आएको रकमले हुप्र चौरको थप विकास हुन्छ भने मेल गर्न किन नदिने ? मेला गर्दा उहाँहरुले दिएको रकमले यहा थप विकास हुने भएकोले आफुले सहमति गरेको उनको भनाई रहेको छ । कार्यक्रममा बोल्दै सुमन भोम्जन स्मृति प्रतिष्ठानका महासचिव सविन न्यौपानेले माओवादी निकटका साथीहरुले मेल गर्न दिन्न भन्नुमा कुनै तुक नरहेको बताए । तात्कालीन एमाओवादीको राष्ट्रिय महाधिवेशनको उद्घाटनको सन्र्दभलाई स्मरण गर्दै उनले भने महाधिवेशा गर्दा चौरमा खाडल बनाएर तयार गरेको ठिस्को पुर्नलाई महिनौ विताउने माओवादी मित्रहरुले मेला गर्दा चौर विग्रने चिन्ता गरेको देख्दा अचम्म लागेर आउँछ । मेलाले चौरको संरचनामा कुनै असर नगर्ने बरु चौरको चहलपहलमा बृद्धि हुने र चौरको विकासमा केहि रकम जम्मा हुनेमा उनले ध्यानाकर्षण समेत गरेका थिए ।
कार्यक्रममा सहभागि भएका करिब १ दर्जनले चौरमा मेल गर्न दिने या नदिने विषयमा आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रम महासंघका अध्यक्ष माधव कोइरालाको अध्यक्षतामा भएको हो ।

No comments

Powered by Blogger.