Header Ads


योग अभ्यासको आयोजनामा तिजको दरखाने कार्यक्रम

हेटौँडा,५ भदौ
शुभ विहानी योग अभ्यासको आयोजना तथा न्यु बद्रीनाथ एण्ड सन्स ज्वेलर्स, श्याम गजमेर एण्ड सन्स, आरधना ज्वेलर्स तथा चलचित्र ट्रक ड्राइभर युनिटको प्रायोजनमा हेटौँडाको वनसखण्डीमा तिजको अवसरमा दरखाने कार्यक्रम एवम् सम्मान वितरण सम्पन्न भएको छ ।
कार्यक्रममा शुभ विहानी योग अभ्यासकी प्रशिक्षक शोभा राजथलालाई बद्रीनाथ तथा ट्रक ड्राइभरको तर्फबाट उपहार तथा सम्मान प्रधान गरिएको थियो ।  कार्यक्रमले योग अभ्यासलाई थप प्रोत्सहान दिने उदेश्यले संचालन गरिएको कार्यक्रका रामकृष्ण सुनारले बताए । कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा मनोक्रान्तिका योग गुरु धु्रुब विडारीको प्रमुख आतिथ्यता तथा माछामासु ब्यवसायी संघका अध्यक्ष विशलाल खड्कीको आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट नृत्य गर्नेलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रम शुभ विहानी योग अभ्यासका संयोजकहरु केशवलाल राजथला तथा शोभा राजथलाको संयोजकत्वमा भएको हो

No comments

Powered by Blogger.