अनसन तोड्दै केसीले भने, ठूलो लडाइँ गर्न बाँकी छ
साउन १० / चिकित्सा शिक्षा सुधारको माग गरी १६ दिनदेखि आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले बिरामीको हातबाट जुस पिएर सोमबार अनसन तोडेका छन्।
अस्पतालमा उपचार गर्न आएका सरोज नेपाली, छेवाङ लामा र अनितादेवी महतोको हातबाट जुस पिएर सोमबार दिउँसो २ बजे शिक्षण अस्पतालको इएनटी विभागमा केसीले अनसन तोडेका हुन्। अनसन तोडेपछि पत्रकारसँग कुरा गर्दै केसीले अझै ठूलो लडाइँ आवश्यक रहेको बताए। राजनीतिक दलका नेताहरुले नै माफियाको संरक्षण गरेको भन्दै अझ ठूलो आन्दोलन गर्नुपर्ने बताए। ‘सम्वृद्ध नेपाल बनाउन हामीले दाल भात र ढिडो खाएर आन्दोलन गर्नुछ’ केसीले भने।
आइतबार राति सरकारसँग चार बुँदे सहमति भएपछि केसी अनसन तोड्न राजी भएका थिए।
No comments