Header Ads


हेटौँडा उपमहानगरभित्र ६० प्रतिशत मत खस्यो

हेटौँडा,३१ बैशाख
मतदानको समय सकिनै लाग्दा हेटौँडा उपमहानगरपालिकाभित्र जम्मा ६० प्रतिशत र थाहा नगरपालिकामा ७० प्रतिशत मत खसेको छ । खबरब्रेकसँग कुरा गर्दै हेटौँडा उपमहानगरपालिकाका निर्वाचन अधिकृत दयाराम ढकालले उपमहानगरभित्र जम्मा ६० प्रतिशत मत खसेको जानकारी आएको बताए । त्यस्तै थाहानगरपालिकाका निर्वाचन अधिकृत जीवन आचार्यले थाहानगरपालिकामा ७० प्रतिशत मत खसिसकेको बताएका छन् ।
५ बजेसम्ममा मतदानकेन्द्र भित्र प्रवेश गरिसकेका मतदाताहरुले भने ५ बजेपछि पनि मतदान गर्न पाउने व्यवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

No comments

Powered by Blogger.