Header Ads


मकवानपुरमा एकजनाको ज्यान गयो

 ३१ बैशाख, २०७४
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा मतदान गर्न गएका एक जनाको मृत्यु भएको छ ।
ईन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ३ वत्सलादेवी मावि टेकरमा मतदान गर्न गएका स्थानीय २२ वर्षीय विरमान पाख्रिनको मृत्यू भएको हो । पाख्रिन स्वास्थ्य समस्यामा थिए, मतदान गर्न लाईनमा बसिरहदा उनलाई गाह्रो भएको र आराम गर्न मतदान स्थलमा एकैछिन आराम गराएर उपचारका लागि लाने क्रममा उनको ज्यान गएको मृतकको भाई श्रीमान पाख्रीनले जानकारी दिएका छन् ।

No comments

Powered by Blogger.