Header Ads


हेटौंडामा मेयर र उपमेयरमा एमाले अगाडि

हेटौंडा, १ जेठ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । अहिलेसम्म ७ सय मतगणना गरिएको छ । अहिलेसम्मको मतपरिणामका अनुसार नेकपा एमाले मेयर र उपमेयर दुबैमा अग्रपंक्तिमा छ । वडा अध्यक्षमा पनि एमाले जम्मा २ मतले पछाडि छ ।
नेकपा मालेका मेयरका उम्मेदवार भिमसेन महतको ५ मत, नयाँशक्ति नेपाल र संघिय समाजवादी फोरमको प्यानलका मेयर उम्मेदवार शुभरत्न गोलेको ७ मत र स्वतन्त्र उपमेयर उम्मेदवार मधुसुदन रेग्मीको १  मत रहेको पत्रकार बलराम पुडासैनीले बताएका छन् ।
त्यस्तै अहिलेसम्म मेयरमा ६७ मत बदर भएको छ भने उपमेयरमा १५९ मत बदर भएका छन् ।
अन्य मतगणना विवरण यसप्रकार छ
- मेयर
नेपाली काँग्रेस, माओवादी केन्द्र गठबन्धन–२५१
नेकपा एमाले –२८६
राप्रपा–७२
नयाँशक्ति र संघीय समाजवादी प्यानल–७
नेकपा माले–५
- उपमेयर
काँग्रेस माओवादी गठबन्दन–१४९
नेकपा एमाले –३११
राप्रपा–७२
नयाँशक्ति नेपाल–५
नेकपा माले–३
- वडा नम्बर १ अध्यक्ष
नेपाली काँग्रेस–२५२
नेकपा एमाले –२५०
नेकपा माओवादी केन्द्र–१४९
राप्रपा–७२

No comments

Powered by Blogger.