Header Ads


३ दिने महिला शसक्तीकरणका लागि रेडियो पत्रकारीता तालिम सम्पन्न

फागुन २५
अतिथी,प्रशिक्षक र प्रशिक्षर्थी
महिला घरेलु सामान उत्पादक तथा वितरण सहकारी संस्था लिमिटेडको आयोजनामा सन्चालन गरीएको ३ दिने महिला शसक्तीकरणका लागि रेडियो पत्रकारीता तालिम सम्पन्न भएको छ । कार्यक्रम महिला घरेलु सामान उत्पादक तथा वितरण सहकारी संस्था लि।का अध्यक्ष सपना कंडेलको सभाध्यक्ष तथा महिला तथा बालबालिका कार्यलयका प्रमुख शोभा खरेलको प्रमुख आतित्यथामा भएको थियो । तालिमको समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी महिला तथा बालबालिका कार्यलयका प्रमुख शोभा खरेलले सिक्नु मात्र पर्याप्त नभई व्यवहारीक रुपमा अगाडि वढ्न सवै प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहरी विकास वातावरण महाशाखाका प्रमुख बि।के मर्हजन,नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष हरि हुमागाई,नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्ब उपाध्यक्ष गिरिजा अधिकारी,महिला घरेलु सामान उत्पादक तथा वितरण सहकारी संस्थाका संस्थापक अध्यक्ष साबित्री पराजुली लगायतकाको उपस्थिती रहेको  थियो ।
मकवानपुरका विभिन्न क्षेत्रबाट तालिममा सहभागी  २५ जना प्रशिक्षर्थीलाई प्रमाण पत्र बितरण गरिएको थियो ।  समापन कार्यक्रममा प्रशिक्षार्थी कृति नेपालले प्रशिक्षण अवधिभर आफुहरुले निकै महत्वपूर्ण सिकाई सिक्न सफल भएको जनाउदै सिकेका विषयलाई भोलीको दिनमा व्यवहारमा लागु गर्न तत्पर रहेको बताईन । तालिम लामो समय देखि छापा तथा विद्युतिय सन्चार माध्यममा कार्यरत युवा सन्चारकर्मीहरुले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

No comments

Powered by Blogger.