Header Ads


‘कुकुर पाल्ने महिलालाई स्तन क्यान्सरको जोखिम बढी’

  २०७३ माघ २४
 सुन्दा अनौठो लाग्न सक्छ, कुकुर पाल्ने मानिसलाई स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ । तर, जर्मनीको म्युनिख विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तै तथ्य फेला पारेका छन् । स्तन क्यान्सरका केसहरुको अध्ययनको विश्लेषणबाट कुकुर पाल्ने महिलाहरुमा बिरालो पाल्नेको तुलनामा स्तन क्यान्सर हुने जोखिम धेरै पाइएको डेलिमेल अनलाइनले जनाएको छ ।

समाचारअनुसार ७९.७ प्रतिशत स्तन क्यान्सरका बिरामीहरुको रोग पत्ता लाग्नुभन्दा अगाडि कुकुरसँग गहन सम्पर्क भएको पाइएको छ । जबकि केवल ४.४ प्रतिशत यस्ता बिरामीसँगमात्र कुनै पनि पाल्तु जनावर थिएन ।

यसअनुसार पाल्तु जनावरका मालिकहरुलाई स्तन क्यान्सर लाग्ने २९ दोब्बर जोखिम पाइएको छ । उता, नर्वेमा गरिएको एक अध्ययनमा १४ हजार चार सय कुकुरमध्ये ५३.३ प्रतिशतमा स्तन क्यान्सर पाइएको छ ।

वैज्ञानिकहरुले कारणको अध्ययन गर्दा मानिस र कुकुरमा एकै प्रकारको भाइरस प्राप्त गरेको बताएका छन् ।
समाचारअनुसार कुकुरमा माउस मामरी ट्युमर भाइरस ९एमएम टीभी० पाइन्छ र जसले मुसामा स्तन क्यान्सर पैदा गर्छ । साथै यसको मानिससँगको सम्भाव्य सम्बन्धको बारेमा अध्ययन गरिएको बताइएको छ ।

यसअनुसार कुकुरबाट कसरी क्यान्सर हुन्छ भन्ने सिद्धान्तमा कुकुर वा अन्य पाल्तु जनवारहरुमा सो एमएम टीभी वा यस्तै प्रकारको भाइरस हुने वा सार्ने गर्छ, जसले मानिसमा क्यान्सर उत्पन्न गर्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार यो सिद्धान्तले किन पूर्वीय देशबाट पश्चिमा देशमा आएका महिलाहरुमा स्तन क्यान्सरको बढ्दो जोखिम हुन्छ भन्ने तथ्यको व्याख्या गर्न सहयोग गर्ने बताइएको छ ।

किनभने   एसियन तथा तथा पूर्वीय महिलाहरु घरपालुवा जनावरको रूपमा कुकुर कहिल्यै पाल्दैनन् । तर, जब उनीहरू पश्चिमा देशमा बसाइँ सर्छन्, तब त्यहाँको जीवन पद्धति अँगाल्ने क्रममा कुकुर पाल्ने गर्छन् ।
 

No comments

Powered by Blogger.