Header Ads


घर भत्काउने कि नभत्काउने फागुन १२ गते टुङ्गो लाग्ने

हेटौँडा,२ फागुन
हेटौँडामा जारी रहेको सडक फराकिलो पार्ने अभियान अन्र्तगत परेको रिटमा सर्वोच्च अदालतले फेरि आज पनि अल्पकालिन आदेश जारी गरेको छ । २५ मिटर पीडितहरुले दिएको रिटमा आज सर्वोच्चका न्यायधिशहरु डाक्टर आनन्दमोहन भट्टराइ र अनिल सिन्हाको संयुक्त इजालाशले छलफल आवश्यक रहेको भन्दै १२ गते सम्म निवेदकको घर नभत्काउन अल्पकालिन आदेश जारि गरेको सर्वोच्च अदालतकी सहन्याधिवक्ता रमादेबी पराजुलीले बताईन् । आदेशको विषयमा जानकारी दिँदै सह–न्यायधिवक्ता पराजुलीले उही तबरको अन्य मुद्धाहरु पनि सर्वोच्चमा परेको कारणले १२ गतेको पूर्ण इजालाशबाट फैसला गर्नेगरि हाललाई फैसला गरिएको बताईन् ।
गत माघ ४ गतेबाट हेटौँडामा सुरु गरिएको सडक फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्रका वासिन्दाहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि पनि सर्वोच्चले छलफलको लागि भन्दै आजको लागि पेशी तोकेको थियो । 

No comments

Powered by Blogger.