Header Ads


हेटौँडामा रेडियो दिवसको अवसरमा अन्तरक्रिया

हेटौँडा,२ फागुन
 सूचना, मनोरञ्जन र शिक्षामा स्थानियस्तरको स्वाद बोकेर एफएम रेडियोहरुले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्यम रेडियो नै भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्माले बताएका छन् । छैठौँ विश्व रेडियो दिवसको अवसरमा मकवानपुरको सम्पूर्ण रेडियोले संयुक्त रुपमा आयोजना गरेको गरेको “जनताको चाहना र रेडियो प्राथमिकता” विषयक अन्तरक्रिया कार्यक्रमको सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी दुवाडिले रेडियोलाई सक्दो सहयोग गर्न तयार रहेको बताउदै सभ्य र उच्च नेपाली समाज निर्माण गर्न रेडियोहरुले पहरेदारी गर्नुपर्नेमा जोड दिए  । रेडियोले जनताको चाहाना अनुसार विषय वस्तु उठान गर्नको लागि समेत उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले अझ दुर्गम ग्रामिण क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा खुलेका रेडियो त सुचनाको प्रमुख आधार हुन पुगेको बताए । 
कार्यक्रममा बोल्दै हेटौडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद काफ्लेले रेडियो मार्फत समाज रुपान्तरणका लागि काम गरिरहेको बताउदै सिप स्रोत साधानलाई सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए ।
मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले रेडियो सञ्चालनमा ठुलो समस्या रहेको बताउदै आफु मरेर पनि समाजमा रहेका सकरात्मक कुरालाई उजागर गरि समाजलाई परिर्वतन गर्नको लागि रेडियोले अहम भुमिका खेलिरहेको बताए । उनले राम्रा कुरालाई पहिलो प्राथामिकतामा राखेर समाजलाई सहि सन्देश दिनमा रेडियो सञ्चालकहरु जिम्मेवारी बन्नु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष गिरिजा अधिकारीले सञ्चारकर्मीले खोजि पत्रकारिता गर्नु पर्नेमा अवस्थामा सोधि पत्रकारिता भएको भन्दै अबका दिनमा खोज तर्फ लाग्नु पर्नेमा जोड दिए । विश्व जति सुकै अगाडि बढेता पनि रेडियोको महत्व उतिकै गहन हुने बताउदै रेडियो टिकाइराख्नको सबैलाई अपिल गरे ।
सञ्चारकर्मी हरि हुमागाँइले रेडियो सुन्ने स्रोता १० प्रतिशत घटेको बताउदै यस तर्फ सञ्चालकले सोच्ने वेला आएको बताए । सकरात्मक प्रतिस्पर्धाको भावना हुनुपर्ने भनाई राख्दै सबै सञ्चारकर्मीले खोजमुलक कार्य गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए ।
रेडियो शक्तिका स्टेसन म्यानेजर सपना कँडेलको सभाध्यक्षतामा भएका कार्यक्रममा रेडियो मार्फत समाज रुपान्तरणका लागि काम गरिरहेकोमा कार्यक्रममा उपस्थित राजनीतिक दलका नेता, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरुले प्रसंशा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै रेडियो आकाश गंगाका रमेश बंजराले रेडियोले खेलेको भुमिकाको बारेमा प्रष्ट पारेका थिए कार्यक्रमा रेडियो सरोबरका वलराम पुडासैनीले सञ्चालन गरेका थिए ।
विश्वमा सवैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल, सरल र भरपर्दोमा प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउन थालेको हो ।

No comments

Powered by Blogger.