माघ ८ गते कुखुरा ब्यवसायी संघको साधरणसभा
हेटौँडा,५ माघ
मकवानपुर कुखुरा व्यवसायी संघ मकवानपुरको १० औँ वार्षिक साधरणसभा आउँदो हेटौँडामा हुने भएको छ ।
संघले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजन गर्दै साधरणसभाको जानकारी दिएको हो । साधरणसभामा बोल्दै संघका अध्यक्ष राजु अधिकारीले १० औँ साधरणसभा भब्य हुने बताए । मकवानपुरको ३ हजार घरधुरी आबद्ध संघले हाल मकवानपुरमा दैनिक ३२ हजार किलो मासु उत्पादन हुने र १० हजार किलो मासुु खपत हुने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले मकवानपुरमा ५ लाख ५ हजार लेयर्स तथा ८ लाख ५० हजार ब्रोईलर कुखुराको ब्यवसायीक पालन गरिएको बताए । १० औँ साधरणसभामा मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यता रहने संघले जनाएको छ ।
No comments