भोलिबाट हेटौँडा बजार खुल्ने, सडक डिभिजनले निवेदन दिएकाहरुलाई १५ दिन समय थप्यो
हेटौँडा,५ माघ
मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समिति मकवानपुरले गत माघ ३ गतेबाट गरेको हेटौँडा बन्द भोलीबाट खुल्ने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले २५ मिटरको संरचना आफै खाली गर्न निवेदन दर्ता गर्ने तथा निवेदन दिएकाहरुलाई १५ दिनेको सयम दिने सूचना प्रकाशन गरेपछि समितिले हेटौँडा बन्दको कार्यक्रम फिर्ता गरेको हो ।
बन्द फिर्ताको विषयमा प्रतिक्रिया दिदै हेटौँडा बसोबास संरक्षण समितिले डिभिजन सडक कार्यालयले १५ दिन समय थप गरेको कारण आफहरुले आन्दोलनको कार्यक्रम फिर्ता गरेको बताए । उनले सम्पूर्ण २५ मिटर क्षेत्रका ब्यवसायीहरुलाई सडक डिभिजन कार्यालयमा निवेदन दिन पनि आग्रह गरेका छन् ।
No comments