जीवनजल घोलेर पेट्रोल भनी बेच्ने दुई भारतीय पक्राउ
९ माघ , के तपाईं आफ्नो सवारी साधनमा पेट्रोल सकिएर बाटोमा कहिले अप्ठ्यारोमा पर्नुभएको छ रु सायद कहिलेकाहीं बोतलमा भरेर बाटोमा राखिएको पेट्रोल भर्नुपरेको अनुभव पनि छ होला । होस् गर्नुस् है१ सबै सक्कली पेट्रोल नहुन पनि सक्छ । प्लास्टिकको बोतल वा डिब्बामा भरिएका पेट्रोल जस्तै देखिने तरल पदार्थ नक्कली पेट्रोल पर्न सक्छ । मधेश आन्दोलनका बेला कतिपयले पेट्रोलिम पदार्थको कालोबजारी गर्ने पेशा नै बनाएका थिए । त्यतिबेला नेपाली नागरिकले पेट्रोलियम पदार्थको ठूलो मार खेप्नु परेको यथार्थ हाम्रै सामु छ । कतिपयले पानीमा जीवनजल घोलेर पेट्रोल भनी सर्वसाधारणलाई झुक्याएर विक्री पनि गरे ।
तर अहिले नेपालमा पेट्रोलियम पदार्थमा कुनै कमी छैन । तपाईले जहाँ पायो त्यहीं, बाटाघाटामा राखिएका पेट्रोल भर्दा आफैंलाई समस्या पर्न सक्ला । त्यसैले पेट्रोलपम्पमै गई तेल भर्नु उचित देखिन्छ । अहिले बजारमा पानीलाई पेट्रोल भनी सर्वसाधारणलाई ठग्ने भारतीय गिराह सक्रिय भएका छन् । यसबाट होसियारी अपनाउनु नै लाभदायक हुन्छ ।
यस्तै घटना दोहोरिएको छ कपिलवस्तुको धर्मनगरमा । पानीमा जीवनजल घोलेर पेट्रोल भनी विक्री गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाले जिल्लाको शिवराज नगरपालिका–८, धर्मनगर चोकबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गैसरी बस्ने विनोद कुमार मिश्र र भारतकै हरिहरपुर बस्ने गोबिन्द पत्थरकट रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।
उनीहरुले पानी र जीवनजलको घोल बनाई पेट्रोल भनेर बेच्ने गरेको पाएपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । स्थानीय एक पसलमा गई प्रति लिटर ८० रुपैयाँमा किन्न आग्रह गरेपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर अनुसार प्रहरी त्यहाँ पुग्दा उनीहरु डब्बाको नक्कली पेट्रोल घोप्टाई प्रमाण नष्ट गरी भाग्न खोजे ।
डब्बा घोप्टाएपछि नक्कली पेट्रोल पोखिएपनि स्थानीयले केही प्रमाण जोगाए । स्थानीयको सहयोगमा नक्कली पेट्रोलको कारोबार गर्ने भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । ठगी गर्नेलाई पक्रन खोज्दा उल्टै प्रहरीमाथि नै हातपात गर्न खोजेको प्रहरीको भनाई छ । पक्राउ परेका ठगलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

No comments