Header Ads


आश्रय नेपाल र एमसीडब्लुको संयुक्त आयोजनामा योङ लिडर्स प्रोगाम सम्पन्न

हेटौंडा, ९ माघ
मकवानपुरका शिक्षासेवी एवम् तथा समाजसेवी पुरन बहादुर जोशीले सामाजिक तथा अन्य क्षेत्रमा राम्रो कार्य गर्ने व्यक्तिको नै आलोचना हुने गरेको बताएका छन् । सकरात्मक सोचले मात्र सबै कार्य पुरा नहुने भएकोले त्यसलाई परिवर्तन गर्नका निम्ति ‘एक्सन’ र ‘पावर’ हुनुपर्नेमा जोड दिए । आश्रय नेपाल र एमसीडब्लुको संयुक्त आयोजनामा शनिबार हेटौंडामा भएको योङ लिडर्स प्रोगामका प्रमुख अतिथि रहेका जोशीले कुनै पनि काम सफल हुनको निम्ति एक्सन, पावरको साथै दृढ संकल्प आवश्यक रहेको
औल्याए ।
‘विद्यार्थीहरु सबै राम्रा हुन्छन् तर त्यसलाई वातावरणले प्रभाव पार्ने गरेको छ’, उनले भने । त्यसैगरी दिगो विकासमा युवा सहभागिता विषयक कविता प्रतियोगितामा सिद्धार्थ उच्च माविका प्रशंसा घिमिरे प्रथम, ब्रम्हादिक एकेडेमीका प्रज्ञा चौधरी द्वितीय र नवोदय बोर्डिका दिवस पोखरेल तृतीय भएका छन् । प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीय भएकाहरुलाई नगद सातसय ५, पाँचसय र तीनसय रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा साहित्य संगम मकवानपुरका अध्यक्ष सुवास खनाल र झरना साहित्यक परिवार मकवानपुरका चिरन्जीवि लामिछाने निर्णायकको रुपमा रहेका थिए । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकामा रहेका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । एमसीडब्लु एल्मुनी र आश्रय नेपालका अध्यक्ष पुनम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वप्रहरी संगठनको मध्य क्षेत्रीय उपाध्यक्ष प्रल्हाद घिमिरे, राष्ट्रिय जागरण अभियानका केन्द्रीय सदस्य जनककुमार डंगोल, जिल्ला अध्यक्ष कृष्णराज कोइराला, सचिव बालकृष्ण दाहाल, आश्रय नेपाल मकवानपुरका संस्थापक अध्यक्ष  दीपक ढुंगेल, जिल्ला उपाध्यक्ष चन्द्रमती परियार, रोशनी पुस्तकालयका संगित श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो।

No comments

Powered by Blogger.