सुमनको सम्मान स्वरुप स्मृति पत्रकारिता पुरस्कार स्थापना
हेटौँडा,१८ पौष
गएको बैशाखमा भुकम्पमा परेर निधन भएका मकवानपुरे खेल पत्रकार स्वर्गीय सुमन भोम्जनको नाममा पत्रकारिता पुरस्का स्थापना गरिएको छ । हेटौँडाको रेडियो निकासले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसर पारेर सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको जनाएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि रेडियोका अध्यक्ष सुनिल खड्काले भोम्जनले खेल पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै ५ हजार १ रुपैँया राशी रहेको पुरस्कार स्थापना गरेको बताए । पुरस्कारको वितरण आउँदो माघ २२ गते रेडियो निकास तथा निकास साप्ताहिकको संयुक्त वार्षिकोत्सवको अवसरमा वितरण गरिने खड्काले बताए । साथै खड्काले आफ्नो स्वर्गिय पिता रामचन्द्र खड्काको स्मृतीमा स्थापना गरेको “रामचन्द्र खड्का स्मृती सिर्जनशिल पत्रकारिता पुरस्कार” पनि सोहीदिन दिइने जानकारी गराउनु भयो ।

No comments