विचित्र साप्ताहिक पत्रिका प्रेस काउन्सिल नेपालको ‘ग’ वर्गमा सुचिकृत
हेटौडा पौष १७,
प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१÷०७२ को वर्गिकरण नतिजा प्रकाशन गरेको छ । १७ पौषमा प्रकाशित नतिजा अनुसार मकवानपुरबाट प्रकाशन भइरहेको विचित्र साप्ताहिक पत्रिका ‘ग’ वर्गमा वर्गिकृत भएको छ । विचित्र साप्ताहिक वि.सं. २०७० सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत् रुपमा दर्ता भई प्रकाशन भइरहेको साप्ताहिक पत्रिका हो । विचित्र साप्ताहिक अनलाईनमा समेत पढ्न सकिन्छ । विचित्र साप्ताहिक लाई यो अवस्थासम्म पु¥याउनको लागि सहयोग गर्ने पाठक, शुभचिन्तक, विज्ञापनदाता, पत्रकार, सम्पर्ण सरोकारवालाहरुलाई यस साप्ताहिकका प्रकाशक नबिना शर्माले धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्नु भएको छ ।
प्रेस काउन्सिलले आ.वं २०७१।७२ को बर्गीकरणको लागि नेपाल भरीबाट प्रकाशित आवेदन दिने ९१० वटा पत्रपत्रिकाहरुको मूल्यांकन गरी वर्गीकरणको नतिजा प्रकाशन गरिएको जनाएको छ । आवेदन दिने पत्रपत्रिकामध्ये ८३३ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने ७७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् । वर्गीकरणको नतिजामा चित्त नबुझेमा पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ र सोको लागि २१ दिनको म्याद तोकिएको छ ।

No comments