Header Ads


यसरी हटाउनुहोस् कुहिनोको कालो

सामान्यतया शरीरका अन्य भागको छालाको तुलनामा कुहिनो र घुँडाको छाला निकै कालो हुन्छ । घुँडाभन्दा पनि कुहिनोको कालोले धेरैलाई तनाव दिएको हुन्छ । लवाइका कोणबाट पनि कुहिनोको कालो तनावको पाटो बनिदिने गर्छ । कतिपयले कुहिनोको कालो हटाउन पार्लर गएर अनेक उपाय अपनाउँछन् । तर, यो कालो हटाउन घरमै पनि केही गर्न सकिने बताउँछिन्, ब्युटिसियन एलिसा लामा .

सुन्तलाको बोक्रा
सुन्तलाको बोक्राको पाउडर शरीरका निश्चित ठाउँमा हुने अनावश्यक कालो हटाउन उपयोगी हुन्छ । यो सुन्तालाको सिजन नै हो । सुन्तलाका बोक्रा राम्रोसँग सुकाएर पाउडर बनाई कुहिनो कालो हुने तनावबाट मुक्ति पाउन सक्नुहुन्छ ।सुन्तलाको बोक्राको पाउडर घरमै तयार पार्न सम्भव भएन या झन्झट लाग्छ भने बजारमा रेडिमेड नै किन्न पनि पाइन्छ । न्युज २४ मा समाचार छ ।

प्रयोग गर्ने तरिका
सुन्तलाको बोक्राको पाउडरमा रोजवाटर मिसाएर प्याक तयार पार्नुहोस् ।
कालो कुहिनोमा प्याक लगाएर २० मिनेटसम्म छोडिदिनुहोस् ।

२० मिनेटपछि हल्का–हल्का गर्दै माडेर सफा गर्नुहोस् । कालो छाला हल्का खैरो टोनमा आउँछ । अन्तमा ह्वाइटनिङ मोस्चराइजर लगाइदिनुहोस्, कालोपन निकै कम देखिन्छ । हप्तामा दुई–तीनपटक यो उपाय अपनाउँदा कालो कुहिनो अन्य छालाको रङसँग मिल्न आउँछ ।

No comments

Powered by Blogger.