Header Ads


रेखा थापा राप्रपामा प्रवेश : हाँस्य कलाकार दीपकराज गिरीको यस्तो व्यंग्य

यतिबेला नायिका रेखा थापाको चर्चा चलचित्र नगरीमा मात्रै नभएर राजनीतिक वृतमा पनि चरम चुलीमा छ । प्रचण्डसँग नाचेर तहल्का मच्चाएकी नायिका थापाले अब कमल थापासँग नाच्ने तयारी गरीरहँदा चर्चित हास्य अभिनेता दीपकराज गिरीले फेसबुकमा स्ट्याटस लेख्दै कडा व्यंग्य कसेका छन्।

उनले भनेका छन् ‘रेखाजी राप्रपा मा जाने रे, यो समाचार सुनेर म त खुसी भएँ १  हामी कलाकार एउटै फिल्ममा झुन्डिएर बस्ने बानि नै हुँदैन। जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ। त्यो एग्रिमेन्ट खत्तम, अर्को फिल्मको सुटिङ सुरू।’ कुरो क्लियर छ – फिल्म चेन्ज, हिरो चेन्ज। फिल्म ‘माओवादी’को ठाउँमा फिल्म ‘राप्रपा’। हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा।

दलहरूले विचार गर्नुपर्छ, टीका लगाउनेहरूलाई आफ्नो नसम्झ। टिक्नेहरूलाई आफ्नो सम्झ। हामी त कलाकार, जतातिर लाइटिङ, उतैतिर फाइटिङ १ नायिका थापा आज ११ बजे आयोजना हुने एक कार्यक्रमका बिच राप्रपामा प्रवेश गर्दैछिन् ।

No comments

Powered by Blogger.