Header Ads


साहारा ग्याँस पूर्ण रुपले असुरक्षित छ ,यसको प्रयोग बन्द गर्नुपर्छः महत

हेटौँडा, १३ मंसिर
पछिल्लो समय मकवानपुरमा साहारा ग्याँसको आताङ्क बढेसँगै नेकपा माले मकवानपुरले बारम्बार साहारा ग्याँसको विरोध गर्दै आइरहेको छ ।  सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माले मकवानपुरले सहारा ग्याँसको प्रयोगमा प्रतिबन्ध गर्नै पर्ने जनाएको  छ ।
पत्रकार सम्मेलनमा बोल्दै माले मकवानपुरका सचिव भिमसेन महतले विगतमा साहारा ग्याँसले मच्चाएको आतङ्कले गर्दा मकवानपुरवासीको जिउधनको सुरक्षाको लागि पनि साहारा ग्याँसलाई कारवाही गरिनुपर्ने बताए ।  गत कात्तिक १० गते नापी कार्यालयमा साहाराको सिलिन्डर बिस्फोटमा परेका घाइतेहरुलाई साहारा ग्याँस उद्योगका निर्देशक शिव घिमिरेले वेवास्ता गरेर यो घटनाबाट टाढिन खोजेकोले पनि साहारा ग्याँस सिलिन्डरमा पुर्ण रुपले खराबि रहेको पुष्टि हुने महतले बताए । ग्याँसको सिलिन्डरमा हुने पित्तलको भल्व खराब भएको खण्डमा भल्व नै फेरिनुपर्ने भएता पनि साहारा ग्याँसले त्यो भल्वको मर्मत गरेर कामचलाउ बनाएकोले यो ग्याँस पूर्ण रुपले असुरक्षित रहेको महतले बताए । उनका अनुसार एउटा सिलिन्डरको औषत आयु १० वर्ष रहेता पनि नाकाबन्दीको बेलामा साहारा ग्याँस उद्योगले गुणस्तरहिन र मिती नागिसकेका सिलिन्डरमा ग्याँस रिफिल गराएर बेचेको छ । २५ वर्ष पुरानो सिलिन्डर समेत साहारा ग्याँसले विक्री गरेको उनले दाबी गरे ।
उनले साहारा ग्याँसलाई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासनलाई आग्रह समेत गरेका छन् । आफु एउटा राजनीतिक दलको पदाधीकारी भएको हैसियतले मकवानपुरवासीको जीउधनको सुरक्षाको लागि यो कदम चलाएको उनले बताए ।

No comments

Powered by Blogger.