बुधबार बेलुकासम्म २ सय ५० वटा स्टल बुकिङ
हेटौँडा,२५ कात्तिक
मङ्सिर २ देखी १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भूटनदेवी पार्क) मा हुन लागेको खेलकुद तथा व्यापार महोत्सव–२०७३ को लागि बुधबार बेलुकासम्म २ सय ५० वटा स्टल बुकिङ भैसकेको छ । महोत्सवमा आफ्नो विभिन्न सामग्री एवम् अन्य अन्य वस्तुहरु प्रदर्शनी गर्न चाहनेहरुले धमाधम स्टल बुकिङ गरिरहेका हुन् । आयोजक प्रतिष्ठानका महासचिव सविन न्यौपानेका अनुसार महोत्सवको लागि १८ हजार देखि २५ हजारसम्मका स्टलहरु निर्माण गरिँदैछ ।
यस खेलकुद तथा व्यापार महोत्सवमा ३ सय ५० वटा स्टल रहने छ । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, खाना, आइटीसंगै नेपालको लोपोन्मुख जाति राउटेको पनि स्टल रहने उनको भनाई छ । यस्तै महोत्सवमा राखिने बाल उद्यान अन्तर्गतको मारुति सर्कस, ब्रेक डान्स र कोलम्बस निर्माण कार्य सकिएको महोत्सवका प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए । यस्तै महोत्सव स्थल बार्ने काम धमाधम अघि बढिरहेको छ भने धुलो नउडोस भन्ने उद्देश्यका साथ पानी हाल्ने र रोलर लगाउने काम पनि तीव्र गतिमा भैरहेको छ ।

No comments