डा. कसीको समर्थनमा भोली सबै हस्पिटलमा एक धण्टा सेवा बन्द
हेटौँडा,१५ मंसिर१७ दिनबाट अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा तथा उनको मागहरुको संवोधन गर्न दवाव दिनको लागि मकवानपुरे स्वास्थ्यकर्मीहरुले हेटौडामा र्याली निकालेका छन् । चिकीत्सक संघ मकवानपुरको संयोजनमा र्याली निकालिएको थियो । हेटौडा अस्पतालबाट निकालीएको र्याली राप्तिरोड, बुद्धचोक, सिमाचोक भएर फेरी बुद्धचोकमा पुगेर समापन भएको थियो । सोहि टोलीले आज साझ बुद्धचोकमा दिप प्रजोलन गरेको छ । साथै डा डाक्टर गोविन्द केसीको ऐक्बद्धतामा भोली मकबानपुर जिल्ला र देशैभरका हस्पिटलहरु बिहान १० बजे बाट ११ बजे सम्म आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा बन्द गरिने मेडिकल ल्याब एसोसिएसन अफ नेपालका संयोजक उत्सब चौलागाई र हेटौडा अस्पतालमा कार्यरत डाक्टर मिथिलेस ठाकुरले बिचित्र साप्ताहिकलाइ बताउनुभयो ।



No comments