Header Ads


युवा संघ मकवानपुरले जलायो संशोधन प्रस्ताव

हेटौँडा,१५ मंसिर
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको बिरोधमा नेकपा एमाले निकट युवा संघ मकवानपुरले आज हेटौँडामा प्रर्दशन गरेको छ ।
संविधान शंसोधनले देश टुक्रने भन्दै युवा संघले बिरोध स्वरुप प्रर्दशनको साथमा दर्ता गरिएको प्रस्ताव समेत जलाईएको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बताए ।
सिमाचौकबाट सुरु भएको प्रर्दशन बुद्ध चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकारले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए आन्दोलनलाई थप कडा पारिने युवा संघले जनाएको छ ।

No comments

Powered by Blogger.