Header Ads


चन्द्रागिरी हिल्सको ब्रह्मलुटबिरुद्ध दिनहुँ उजुरी

काठमाण्डौ,२२ कात्तिक । काठमाडौको चन्द्रागिरीमा केवलकार चल्न थालेपछि सर्वसाधारण आफ्नो व्यस्त जीवन, धुलो धुवा र तनावभुल्न र केही समय रमाउन त्यहाँ पुग्ने गरेका छन ।

केबुलकार चढेर चन्द्रागिरीको भालेश्वर मन्दिरमा दर्शन गर्न जाने क्रमसमेत बढेको छ भने केबुलकारले भारतीय पर्यटकलाई समेत आकर्षित गरेको छ ।

सार्वजनिक बिदाका दिन चन्द्रागिरीमा केवुलकार चढ्न जानेको चाप ह्वात्तै बढेकोछ । केवुलकार चल्न थालेपछि चन्द्रागिरीमा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइचो सुरु भएको छ ।

तर चन्द्रागिरी हिल्सवाट पाइलै पिच्छे सर्बसाधारण ठगिन वाध्य भएका छन् । चन्द्रागिरी हिल्सले आफ्नो केवलकार चढेर भालेश्वर मन्दिर जाने जो कोहीलाई सुरक्षाका कारण देखाउँदै गैरजिम्मेवार पूर्णढंगले २०७४ ।६ ।९ को मिति राखे र पकाएका खानेकुरा र मदिरा लान पाईने छैन भनेर सूचना टाँसको छ ।

चन्द्रागिरीहिल्सको यो कार्यलाई सर्वसाधारणहरुले गैरजिम्मेवार पूर्ण र सुरक्षाभन्दा पनि ठगी गर्ने काइदा भएको ठोकुवा गरेका छन ।

कम्पनीले डांडामा आफ्ना कम्पनीलाई बाहेक न अरुलाई व्यवसाय गर्न दिएको छ, न अरुलाई खाने कुरा लिएर जान नै दिएको छ । यता मनकामनामा भने जाँदा कुनैपनि पर्यटकले खाने कुरा लैजान सक्छन् ।

‘मनकामनाको केवलकार चढ्दा चाहिं असुरक्षा नहुने रु अनि यहाँ चाहिं असुरक्षा हुने रु यो त सिधा ठगी हो ।’ चन्द्रागिरी पुगेका सर्व साधारणहरुले गुनासो पोखे ।चन्द्रागिरी मन्दिर परिसरमा यतिसम्मको लुट छ कि मन्दिरका पूजासामाग्र ीसमेत कम्पनी आफैले बेच्ने गरेको छ ।

यसअघि चन्द्रागिरिमा खाना लैजान नदिएको भन्दै केही सर्वसाधारणहरुले विरोधसमेत गरेका थिए । तर धर्मका नाममा जनता ठग्न पल्किएको कम्पनीले यसको बेवास्ता गर्दै यो ठगी कार्यलाई जारी राखेको छ ।

चन्द्रागिरीमा यतिसम्मको लुट छ कि एक छाक खानाको ५ सय ६० रुपैयाँ पर्छ भने एकप्लेट मःमःको २ सय ९० पर्छ त्यस्तै ४० रुपैयाँ पर्ने आईसक्रिमलाई एक सयदेखि एक सय २५ रुपैयाँ र १५ रुपैयाँ पर्ने जेरीलाई ५० रुपैयाँसम्म लिएर ठगी गरिरहेको छ । औसत दैनिक ३ हजारभन्दा बढी मानिसले केवलकार चढिरहेका छन् ।
यसरी चन्द्रगिरी हिल्सले परापूर्वकालदेखिको प्रसिद्ध धार्मिक स्थलमा केवलकारको नाममा ब्रम्हलुट मच्याएको भन्दै उसको यस्तो लुट विरुद्ध दिनहु जसो हेलोसरकार लगायतका सराकारी निकायमा उजुरी परिरहेको स्रोतले बताएको छ ।

No comments

Powered by Blogger.