मकवानपुरमा बढ्दैछ डेंगुको प्रकोप, कसरी बच्ने ?
अहिले नेपालको विभिन्न भुभागमा डेङ्गु महामारीको रुपमा फैलदै गरेको छ । यो वर्ष तराईका धेरै जिल्लामा र केही पहाडी जिल्लाहरूमा समेत डेंगु फैलिरहेको छ । समयमै यस रोगको रोकथामको बारेमा नसोचिदा र जनचेतनाको आभावले हरेक वर्ष यसले महामारीकै रुप लिने गरेको छ ।
के हो डेंगु ?
विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग हो डेंगू।
यो भाइरसको ४ वटा सेरोटाइप्स ९म्भ्ल्९ज्ञ,द्द,घ,द्ध० जस अन्तर्गत थुप्रै जेनोटाइप्स छन् । विश्वभर नै यस रोगको फैलावट भए पनि एसिया खास गरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएको छ ।
कसरी लाग्छ डेंगु
एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्त ठाउहरुमा यो लामखुट्टेले अण्डा पार्दछ ।
यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र साझपख मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन ।
लक्षण
सुरुमा विरामीहरुमा टाउको दुख्ने, रिंगाटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, जोर्नीहरु दुख्ने, बान्ता हुने, सामान्य ज्वरो आउने र आलस्यता हुने जस्ता लक्षणहरु देखिन्छ । साथै नाकबाट रगत आउने, दिसामा रगत आउने तथा कालो दिशा हुने, रगतमा पानीको मात्रा कम हुने, प्लेटेलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।
अधिकांस रोगीहरु सामान्य उपचारपछि निको हुन्छ । यस रोगको तीनवटा चरणहरु देखिन्छ। क्लासिक डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम् ।क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो, यो आफैं निको हुन्छ तर डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्यु समेत हुन सक्छ ।
कसरी गरिन्छ परीक्षण ?
यसको परीक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेस्टहरु जस्तै ःबअभ्ीक्ष्क्ब्,ज्ब्क्ष्,क्ष्नन् भ्ीक्ष्क्ब् आदि गरेर प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ ।यस रोगका लक्षणहरु देखिनासाथ तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ । नेपालका सबै सरकारी अस्पतालमा यसको परीक्षण निशुल्क गरिन्छ ।
निदानका उपाय
यस रोगको ऐले सम्म कुनै खास औषधि तथा सुइ खोप उपलब्ध छैन । आराम गर्ने, प्रशश्त पानि पिउने तथा ज्वरो को औषधि सेवन गर्ने, रगत बगेको अवश्थामा प्राथमीक उपचार गरेरर जति सक्दो चाँडो अस्पताल पुग्ने गर्नु पर्दछ ।
रोकथामका उपाय
रोग लगेर उपचार गराउनु भन्दा रोग लग्न नदिनुनै बुद्धिमानी भने झै ,रोग लाग्नवाट वच्ने उपायहरु समयमै अपनाउनु पर्दछ । मुख्यतया यसवाट वच्न लामखुट्टेको टोकाइवाट बच्नुपर्छ । तसर्थ आफ्नो घर सफाई गर्नु र घरमा पानि जम्ने खाल्टाखुल्टीहरु पुर्नुपर्छ । साथै लामखुट्टेको टोकाईबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु झ्याल ढोकामा जाली राख्नु आवश्यक छ ।

No comments