मुसा नमार्ने ढाडे बिरालोलाई त कुटेर खेदेकै बेस
-जनकमान डंगोल
अनुहार हेर्यो दुरुस्तै बाघ जस्तै देखिने दहाडनै छोडेर
म्याउँ गर्ने सानो चार खुट्टे प्राणीलाई बढे भैया भनेर धमास
देखाउनेको देसमा ‘बिल्ली’ भनेर भनिन्छ भने बीर गोर्खालीको देशमा चै ‘बिरालो’ भनेर
न्वारान गरिएको छ । बिरालो पनि विभिन्न रंगको हुन्छ । निक्खर सेतो, कालो, पहेलो, रातो, छिर्केमिर्के
आदि आदि इत्यादि ।
उहिले उहिलेको बिरालोले आफ्नो शिकार आफै गर्थ्यो । गाम्घरमा
दुख: दिने भनेको मुसाहरुले हो । मुसा मारेर मान्छेहरुलाई राहत दिने गरिएको भएर
माया गरेर पुरस्कारस्वरूप कहिलेकाही ‘सुरी’ आईज भनेर दुध भात सम्म दिइने गरिन्थ्यो
।
आजकलको बिकासे बिरालोको हकमा त्यसको
ठ्याक्कै उल्टो छ ! घरमा बाहिरिया मुसाहरुले आर
उल्कासंग दुख: देको हुन्छ तर आजकलको बिरालोले
त्यो देखेर पनि वास्ता गर्दैन ! मुसा आएर गालामा हनुमान किक दिंदा पनि चुपचाप बस्छ
तर वास्ता गर्दैन,
किन,
संसारमा सबै भन्दा चतुर र बुद्धिजिबी प्राणि भनेर मुन्छेहरुलाई
भने गरिएको छ । नाम मात्रका नेपालका केहि टाठाबाठा मुन्छीहरुले बिरालोको चरित्र
निर्वाह गर्न थालेका छ ।
सालको हिसाबले गणना गर्दा २०४६ साल भन्दा अगाडी
पनि नेपालमा पहेलो रंग धारी बिरालो हुन्थ्यो । बिरालोको मालिक खारा र कडा
मिजासिलो भएकोले गर्दा सिकार आफै खोज्थ्यो खान्थ्यो ।
जनतारुपी मुन्छिहरुले सिकार खोजेर दिनु पर्दैनथ्यो ।
यो विज्ञानको युग रे, यो आधुनिक जमानारे, यो कम्प्युटरको युग रे । समय र जमानाले
गर्दा होला निला, राता, काला, पहेंला, हरिया, छिर्के देखि
मिर्के रागहरु सम्मका बिरालाहरु देखिन थल्यो ।
यी सप्तरंगी आधुनिक भोका बिरालाहरु घर गोठमा
हैन दर्बारमा बस्छन । मुसा मारेर हैन चिकेनको साँप्रासंग हुस्की
बियरले मुख कुल्ला गर्छ । हिजोका पहेंला रंगका
बिरालाहरु समेत आधुनिक बिरालाका संगतमा परेर होला ‘चोरचोर मौसेरा भई’ भन्न थालेका
छन ।
२०४६ साल भन्दा अगाडिका एक्का दुक्का चोर बिरालोहरु
देखिन्थ्यो । आफ्नै घर भित्रका मालिक रिझाउन माहिर थिए तर तानासाही, एकदलीय भो रे भनेर छिमेकी
देशी बिदेशी दानीहरुले सुको दिदैनथे । देशमा बस्ने प्रजाहरुले देको
सितको थोपो बिलाउथ्यो ।
अहिलेको आधुनिक भनिने सप्तरंगी बिरालो लाइ गौमाता देखि गोरुपिता
सम्मको अनुकम्पा प्राप्त छ ! असिना बर्षेको जस्तै गरि युरो, डलर, पाउण्ड र घटीमा
त्यो जाबो एक रूप्पे साठी पैसो सम्मको धन असिनासरी बर्षेको भएर होला
भ्यागुते भुँडी पल्टाएर हिंडन पाएका छन ।
धन दौलतको कुरा गर्नेहो भने राता र निला
बिरालोले पाए सम्म युरो डलर र पाउण्ड खोज्छ भने हरिया बिरालोले एकरूप्पे साठी पैसो
सम्ममा भए पनि चित्त बुझाका छन । पहेला बिराला
हिजो पनि आसे थिए आज पनि आस गर्दै बसेका छन ।
हिजो कोदाको ढेडो र बाक्लो कोदा तथा गहु देखि
मकैको रोटि गुन्द्रुक तथा नुन खोर्सानी संग ज्युनार गर्ने, बिना
जुत्ता चप्पल पाउ कस्ट गर्ने सप्तरंगी बिरालोज्युहरु आज आफ्नी बिराली साथ
लाएर सुटेड बुटेड का साथ बिजनेस क्लासको बायुपंखी घोडामा सवार भएर दोश्रो, तेश्रो मुलुका
जान पाउँदा स्वर्गनै गाको भान हुँदो रैछ । सित्तैमा
कसैले पनि केहि दिन्नन । एक दिएर हजार अशुल गर्छन भन्ने भेउ पाएर
हो वा ‘मोरे पछी डुमै राजा’ सम्झेर हो आँखा चिम्म गर्दै yes yes देखि जी का जी लाम्दै मित्रताको चिनोमा बाहुली निशान धस्काएर
आउछन । त्यो मित्रताको चिनो नभएर आफ्नै सन्ततिको लागी मृत्यु पत्रहो भन्ने कुरा
बुझे वा बुझेर पनि बुझ पचाए ।
हिजो स्कुल पढ्ने बेलामा आफु पनि पढेनन र भाई साथीहरुलाई पनि पढ्न दिएनन । पढेका भए अंग्रेजी बुज्थे होलान । GOD भनेको जय मसि
प्रभु हो अनि प्रभुले सब ठिक पार्नु हुन्छ भन्देको भरमा इमान
जमान बन्धकी राखेर यी आधुनिके बिरालोहरुलाई सुटकेस बोकेर
आउनुको मज्जै आर्को हुने रैछ ।
बिदेस भ्रमणमा जाँदा कक्टेल पार्टीमा भाग लिन पाइने रैछ ।
बाउबाजे सुद्ध हिन्दुको छोरा भन्थे । कुखुरो धरी नछुने तिनका सन्तानले जब कक्टेल
पार्टीमा देस अनुसारको भोजन जब दन्काउन थाल्छन त्यस पछी अन्नदाताहरुले गाइ पनि
कहिँ माता हुन्छ ? गोरु पनि
कहिँ पिता हुन्छ ? भनेर
सोधेको बेला ‘नो नो’ भन्यो ! जानेको
नै ‘एस’ र ‘नो’ तर त्यो yes र no ले गर्दा देसको धर्म र संस्कृति देखि भाषा र भेषभुसामा सम्म
कत्तिको असर परेको छ देखेकै होलान ।
‘गाइ
काट्नु पर्छ गोरु काट्नु पर्छ’ त्यसमा अत्याधिक भिटामिन हुन्छ भन्ने
प्रभुको हुकुम फरमान । इमान र जमानलाई ट्केसा
साटेका भेडारुपी सप्तरंगी बिरालाहरुले देशमा फर्केसी प्रभु
देखि माईबापको हुकुमलाई आँखा चिम्लेर तामेली (पुरा
गर्छन) गर्छन । बीर गोर्खालीहरु निमकको सोझो गर्न संसार
प्रसिद्ध छन । २०४६ सालमा फाट्टफुत्त देखिने गरेको बिकृति २०६४ साल
पछी अत्यधिकरुपमा बढेको छ । अत्याधिक धर्म परिवर्तन तथा गौ अनि
गोरु बध त्यसैको परिणाम हो ।
२७ बर्ष हुन लाग्यो नेपाल मण्डलीमा आधुनिक
बिरालोको जगजगी भाको । बरा बिचरा जनता नामको भेडाहरु अहिलेका
ढाडे बिरालाले म्याउँ गर्दा स्वरमा स्वर मिलाउदै ‘भ्या’ को
सट्टा ‘म्याउँ’ गर्छन तर किन र के को लागि हाम्ले म्याउँ गरेम
त्यो बुझेको भे मरी जाम ।
देशरुपी घरमा नक्कली मुसा
पसेर अन्नपात देखि पानि घट्ट सम्म चट पारि सक्यो तर म्याउँ को तालमा
म्याउँ म्याउँ भन्दा अरु गर्न सकेनन, जानेनन । यदि
बेलैमा होसको दवाई नखाने हो भने सिक्किम भन्ने देसमा लेण्डुपे
धमिराले खाको भेडाको खोर जस्तै हुने सम्भावना बढेर गएको छ तर अब यी
नक्कली सप्तरंगी बिरालो लाइ चुटेर तह लाउने कसले ? अर्थात बिरोलो घाँटीमा घन्टी बाध्न जाने
को भनेझैँ भएको छ ।
आफुलाई बडाभाई भनेर धाक जमौनेको देसमा बिरालोलाई ‘बिल्ली’
भनेर भन्छन ! आफ्नो आश्रयमा पालेको मुन्छेहरु बढी हुन थाले भने ‘मेरी बिल्ली
मेरेको म्याऊं करतीहे’ भनेर भन्ने उखान पनि छ ! चाहेर पनि नेपालका सप्तरंगी
बिरालोहरुले दक्खिन/सक्खिनतिर फर्केर ठुलो स्वरले ‘म्याउ’ गर्न सक्दैनन । यसरि
म्याउ गर्न नसक्ने बिरालोहरुलाई हिन्दुस्थानीको भाकामा ‘भिगी बिल्ली’ अर्थात खांटी
नेपाले भाकामा ‘रुझेको बिरालो’ भनेर भनिन्छ ।
२०४६ साल पछी नेपाल मण्डलमा ‘भिगी
बिल्लीहरु’को जगजगी उल्कासंग देखिएको छ ! जाग
नेपाली जाग । बीर गोर्खाली भनेको हिजो पनि शेर थियो, आज पनि छ र भोलि
पनि बन्नु पर्छ । नक्कली बिरालोको संगतमा
लागेर ‘म्याउँ,म्याउँ’ हैन हातमा हात काँधमा काँध मिलाएर देशलाई
फेरी पहिलाकै गतिमा नलाने हो भने सयौ थुंगा फूलका हामि बीर नेपालीले ‘सारे जाहांसे
अच्छा, हिन्दुस्थान हमारा’ भन्ने भारु गान गाउने दिन नआउला भन्न के
बेर ?
मुसा नमर्ने बिरालो काम छैन । देस देखि भाषा र भेष अनि धर्म देखि संस्कृति
सम्म बेचेर खान पछी नपर्ने यस्ता स्याल चरित्रका बिरालोहरुलाई कुटेर खेदेन भने
नेपाल भन्ने देस पनि कुनै बेलाको सवत्र देस सिक्किम नबन्ला भनेर भन्न सकिदैन ।
प्रकाशित मिति:२०७३/६/२४
No comments