Header Ads


महिनावारी र गर्भ रोक्न औषधी खाने गर्नुभएको छ साबधान ?

आफूलाई मन लागेका बेला आफूखुसी आकस्मिक गर्भ बस्न नदिनेदेखि महिनावारी रोक्ने चक्कीहरुको प्रयोग निर्वाद रुपमा भइरहेको छ । औषधी पसलहरुमा त्यसको असरबारे जानकारी नै नलिई कसैले भनेको भरमा त्यस्ता चक्कीको प्रयोगले महिलाको स्वास्थ्यमा गभ्भीर असर देखा पर्न थालेको छ । प्राकृतिक र स्वभाविक महिनावारीलाई रोक्नका लागि प्रयोग हुने चक्की होस् या आकस्मिक गर्भनिरोधक चक्कीका नै किन नहोस दुवै थरि चक्कीहरुको प्रयोग बर्षिने बढिरहेको तथ्याकले देखाउँछ । विभिन्न कम्पनीका विभिन्न नाममा आउने यस्ता चक्कीको जथाभावी सेवन स्वास्थ्यका लागि घातक बन्दै गएको छ । चिकित्सकहरुका अनुसार जथाभावी जथाभावी यस्ता चक्की सेवन गरेर ३० देखि ४० प्रतिशत महिला अस्पताल पुग्ने गरेका छन् । सजिलोका लागि यस्ता चक्कीहरुको प्रयोग त बढिरहेको छ तर त्यसले स्वास्थ्यमा पु¥याएको असरप्रति कोही चिन्तित देखिएका छैनन् ।

No comments

Powered by Blogger.