राज्यमन्त्रीमा सांसद बानियाँको नाम सिफारिस
असोज ७ , नेपाली कांग्रेसको तर्फबाट चाडै नै मन्त्रिपरिषदमा ७ राज्यमन्त्री हुने भएका छन् । पाटी सभापति शेरबहादुर देउवाले सबै भेग र जिल्ला मिलाउने गरि नेताहरू संग छलफल गरिराखेका छन् । माओवाद केन्द्रले लिएका ९ मन्त्रालयमा चार चयन गरिसकेको छ भने कांग्रेसले ७ राज्यमन्त्री बनाएपछि सरकारमा ३८ सदस्यीय हुनेछ । हाल कांग्रेसमा १५,माओवादी केन्द्रबाट ९ मन्त्री,४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री रहेका छन् ।
त्यस्तै पाटी सभापति शेरबहादुर देउवाले नेता खुमबहादुर खड्कालाई एक जनाको नाम दिनुस् भन्दै फोन गरेपछि खड्काले बिहिवार आफू निकट मकवानपुर जिल्ला क्षेत्र न।१ का निर्वाचित सांसद इन्द्र बानियाँलाई सिफारिस गरेका हुन । इतिहासमा मकवानपुर क्षेत्र न।१ मा कांग्रेसले जित्न नसकेको क्षेत्रमा बानियाँ दोस्रो संविधानसभाको चुनावमा अत्यधिक मतले निर्वाचित भएका थिए।पाटी सभापति देउवाले आइतबार सम्म राज्यमन्त्री सरकारमा पठाउने तयारी गरेको एक नेताले जानकारी दिए।बानियाँ मकवानपुर जिल्लाका पाटी सभापति समेत हुन्।

No comments