Header Ads


लोकमानको हराएको फाइल भेटियो, सरकारले सर्वोच्च पठायो

 असोज ७,  सर्वोच्च अदालतले माग गर्दा सरकारले भूकम्पका बेला हराएको भनेको अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्की नियुक्तिको फाइल भेटिएको छ। फाइल भेटिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सर्वोच्चमा शुक्रबार फाइल पठाएको छ।

सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले अन्नपूर्ण अनलाइनसँग भने, अख्तियार प्रमुख आयुक्तको नियुक्ति फाइल सर्वोच्चमा आजै आइपुगेको छ। अदालतले मागे बमोजिमको कागज आइपुगेको छ।

नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल मगाएको थियो। सुरुमा फाइल माग्दा सरकारले भूकम्पका बेला हराएको भन्ने जवाफ दिएको थियो। त्यसपछि सर्वोच्चले सक्कली फाइल नदिए कारबाही गर्ने चेतावनीयुक्त आदेश दिएको थियो।

नियुक्तिको फाइल आएपछि अब यसमा सर्वोच्चमा सुनुवाइ हुने भएको छ।

No comments

Powered by Blogger.