उडने भो हेटौडाको आकाशमा प्याराग्लाइडिङ
![]() |
| प्याराग्लाइडीङ्ग टेक अप हुने ठाउँ मकवानपुरगढी–३ को ताप्ला खर्कमा सिम्बोल गर्दै इन्जिनियर प्राबिधिकहरु । |
![]() |
प्याराग्लाइडीङ् सुरक्षित ल्यान्डिङ्ग गर्ने ठाउँ हेटौंडा–२५, दोभनचौर। |
ऐतिहासिक स्थल मकवानपुरगढीबाट प्याराग्लाइडिङ हुने (फोटो फिचर सहित)प्याराग्लाइडीङ् टेक अप हुने ठाउँ ताप्ला खर्कमा सिम्बोल सर्वेक्षण गर्दै इन्जिनियर तथा प्राबिधिकहरु
कवानपुरमा पहिलो पटक ऐतिहासिक स्थल मकवानपुरगढीबाट प्याराग्लाइडिङ हुने भएको छ । चित्रकला कार्यशाला उद्घाघाटनको दिन अशोज १ गते मकवानपुरगढी ताप्लखर्कदेखि हेटौडा हर्नामाडी २४ दोभानचौरसम्म प्याराग्लाईडिङ हुने भएको छ ।
प्याराग्लाइडिङको सम्भाब्यता अध्ययनको लागि पोखराबाट आएका नेपालमै पहिलो पटक प्याराग्लाइडिङको लाईसेन्स लिएका पाईलट संघर्ष बिष्ट र पोखराको साराङकोटमा पहिलो पटक प्याराग्लाइडिङ उडाएका ब्लू स्काइ प्याराग्लाइडिङ प्राली पोखराका प्रमुख नारायणप्रसाद पराजुलीले गढीबाट हर्णमाडीसम्म प्याराग्लाइडिङ गर्न सकिने निष्कर्ष निकालिएका थिए ।
उडाउन सकिने निष्कर्षमा पुगेपछी अशोज १ गतेबाट परिक्षणत्मक रुपमा उडाउने भएको छ । सुरुवाती चरणमा ५ वटा एकल र २ वटा दुईजना बस्न मिल्ने गरी जम्मा ७ वटा प्याराग्लाइडिङ उडाउने भएको छ । ताप्लखर्क देखि हर्णमाडी जस्तै गरी गढीबाट समारी आमभञ्ज्याङ सम्म पनि प्याराग्लाइडिङ गर्न सकिने अनुसन्धानकार्ताहरुले बताएका छन् ।
भविश्यमा प्याराग्लाइडिङ स्कुल सञ्चालन पनि गर्न सकिने बाताबरण गढीमा रहेको बताएका छन् । यस्ताखाले बिकासको सम्भाब्यता देखिने बित्तिकै मकवानपुरगढी वताप्लखर्क,अधेरी,बरभञ्ज्याङ गढीगाउ का स्थानिय अगुवा युवाहरुले तिब्र रुपमा चासो देखाएका छन् ।




No comments