अमिताभ बच्चनले नातिनीहरूलाई लेखे भावुक चिठी ?(चिठी सहित)
अमिताभ बच्चनले आफ्नो दुई नातिनी आराध्या र नव्या नवेली नन्दाको नाममा एक भावुक पत्र लेखेका छन् । ४ वर्षीया आराध्या अभिषेक–ऐश्वर्यकी छोरी हुन् भने १८ वर्षीया नव्या नवेली श्वेता र निखिल नन्दाका छोरी हुन् । उनले यो पत्र देशका सबै नातिनीहरुलाई समेत सम्बोधन गरेका छन् । पत्रमा उनले दुवैलाई बच्चन या नन्दा भएपनि पहिले केटी र महिला भएको बताउँदै मानिसहरुले उनीहरुलाई आफ्नो सोच थोपर्न खोज्ने छन् भनेर सम्झाएका छन् । ‘तिमी महिला हौ, त्यही भएर मानिसलाई तिमीहरुमाथि आफ्नो सोच लाद्न खोज्नेछन् । तर, यस्तो हुने मौका नदिनु । मानिसहरुले के भन्छन् भन्ने कुराले चिन्ता नलिनु,’ उनले लेखेका छन् । हेलो,मेरा अति नै प्यारा नव्या र आराध्या,नमस्ते !
म यो चिठ्ठी तिमीहरुलाई लेख्दैछु । र यही पढेर सुनाइरहेको छु । यो म चिठ्ठीलाई इन्टरनेटमा पनि राख्दैछु किनभने मलाई लागेको छ कि यो पत्र तिमीहरुलाई मात्र नभएर हरेक नातिनीहरुका लागि हो ।’
‘तिमीहरुको काँधमा ठूलो जिम्मेवारी छ । आराध्या आफ्नो जिजुबुवा डा. हरिवंश राय बच्चन र नव्या आफ्नो एचपी नंदाको विरासत सम्हालिरहेका छौं । तिमीहरुको जिजुबुवाले यो थर तिमीहरुलाई दिएका हुन् । तिमीहरुले यसको प्रतिष्ठा र सम्मानको आनन्द उठाउन सकौ ।’ तिमीहरु नन्दा या बच्चन भएपनि तिमीहरु पहिले युवती, महिला हौं ।
तिमीहरु महिला हौ, त्यही भएर मानिसहरु तिमीहरुमाथि आफ्नो सोच थोपर्न खोज्ने छन् । उनीहरु तिमीहरुलाई कस्तो लुगा लगाउने, कोसँग बिहे गर्ने, कसलाई भेट्ने, कहाँ जाने भनेर निर्णय लिन खोज्ने छन् । मानिसहरुको सोँचको छाँयामा नबाँच्नु । आफ्नै सोँचको आधारमा फैसला लिनु । कसैलाई यतिसम्म कि हावी हुन नदिनु कि तिमीहरुलाई लागोस् कि तिमीहरुको स्कर्टको लम्बाई तिमीहरुको चरित्रको मापदण्ड हो ।
कसैलाई तिमीहरुको साथीहरु को हुने भन्ने निर्णय लिने अनुमति नदिनु । जबसम्म तिमीहरु विवाहको लागि तयार हुँदैनौं, कसैको दबाबमा विवाह नगर्नु । मानिसहरु नचाहिने कुरा गर्नेछन् । तर, उनीहरु कुरा सुन्नुपर्ने भन्ने छैन । यस्तो कुराले कहिले पनि दुःखी नहुने । नव्या तिम्रो थरले पनि तिमीलाई यो झन्झटबाट बचाउन सक्नेछैन । महिला भएपछि यस्तो समस्या प्रायः तिम्रो अघि आइरहनेछ । आराध्या मलाई लाग्छ समयको साथ तिमी यो कुराहरु बुझ्न थाल्नेछौ । म सधैँ तिम्रो साथमा नहुन सक्छु ।
तर, जुन कुरा म अहिले भन्दैछु, त्यो कुरा त्यतिबेला पनि तिमीहरुका लागि उपयोगी हुनसक्छ । महिलाका लागि यो संसार निकै कठिन हुनसक्छ, तर मलाई विश्वास छ किन तिमीहरु जस्तो महिला यो कुरालाई बदल्न सक्नेछौं । महिलाका लागि आफ्नो सीमा कायम राख्न र अरुको फैसलामाथि सोच्नु सजिलो नभए पनि तिमीहरु ती महिलाका लागि उदाहरण बन्न सक्छौ । यस्तो नै गर्नु र जुन मैले अहिलेसम्म गरेको छु, तिमीहरुले योभन्दा धेरै गर्नेछौं । मेरोलागि निकै गर्वको कुरा र सम्मानको कुरा हुनेछ जब म अमिताभ बच्चन नभएर तिमीहरुको हजुरबुवा भनेर चिनिनेछु ।
र, आखिरमा तिमीहरू आफैँले आफ्नो कर्मको परिणाम भोग्नेछौ । त्यसकारण कहिल्यै पनि अरुहरुलाई आफ्नो बारेको निर्णय गर्न नदिनु ।
नव्या, नारी भएका कारण तिम्रो नामबाट प्राप्त सुविधाले तिमीलाई जोगाउने छैन । आराध्या, यो सबै कुरा तिमीले देख्ने र बुझ्ने हुँदा सम्भवत म नहुन सक्छु । तर मैले अहिले भनेका कुरा त्यतिखेर पनि सान्र्दभिक नै हुनेछन् । यो सा-है असहज हुन सक्छ ।
महिला भएर बाँच्न संसार असहज नै होला । तर म विश्वास गर्छु कि तिमीजस्तै नारीहरूले यो सबै कुरालाई परिवर्तन गर्नेछौ । यो गर्न असहज होला, आफ्नै सिमाहरु निर्धारण गर्न, आफ्नै रोजाई स्थापित गर्न र मान्छे र समाजको विचारभन्दा माथि जान । तर तिमीहरू जहाँसुकैका महिलाहरुका लागि उदाहरण बन्न सक्छौ ।
यसो गर र तिमीहरूले मैले गरेभन्दा धेरै गरेको ठहर्नेछ । र, त्यतिखेर मलाई अमिताभ बच्चन होइन, तिमीहरूको हजुरबाको रूपमा चिन्न पाउँदा गौरव हुनेछ ।
सम्पूर्ण मायासहित
तिमीहरूको हजुरबा अमिताभ



No comments