जो बाबुआमाको विवाह अगावै जन्मे
एजेन्सी, भदौ ३० प्रसिद्ध बलिउड अभिनेत्री रेखाको हालै प्रकाशित अटोबायोग्राफी ‘रेखाः द अनटोल्ड स्टोरी’मा रेखाका जीवनका थुप्रै रहस्यहरू सार्वजनिक गरिएको छ। यसरी सार्वजिक भएका उनका जीवन तथ्यमा उनको जन्म पनि पर्छ। सो तथ्यका अनुसार उनी कुमारी आमाबाट जन्मेकी हुन्। यसको धेरै कमलाई मात्रै जानकारी थियो। रेखाकी आमा पुष्पावली तमिल र तेलुगु फिल्मकी नायिका थिइन्। उनले तमिलका तत्कालिन स्टार ज्यामिनी गणेशनसंग केहि फिल्ममा काम गरेपछि अफेयर सुरु भयो। तर, उनीहरुको विवाह भने रेखा जन्मेको दुई वर्षपछि मात्रै भएको थियो। यस्तो संयोग हुने रेखा एकमात्र अभिनेत्री होइनन्। थुप्रै चर्चित स्टारहरू विवाह नगरि नै सन्तान लाभ गरेका छन्। ती मध्ये एकाधले सन्तान प्राप्तिपछि पनि बिहे गरेनन्। श्रुति हसनस् श्रुति हसन कमल हसन र सारिकाकी छोरी हुन्। हसनको आफ्नो पहिली श्रीमती वानीसँग सम्बन्ध बिच्छेद पछि सारिकासँग प्रेम भयो। २८ जनवरी सन १९८६ मा श्रुतिको जन्म भएको थियो। श्रुति जन्मेको दुई वर्षपछि सारिका र कमलले विवाह गरेका थिए। हाल सारिका र कमल हसन फेरि छुट्टिएका छन्।
No comments