हर्नामाडीमा चित्रकला कार्यशाला आजबाट
१ असोजः हर्नामाडी कला प्रतिष्ठानको आयोजनामा आज शनिबारबाट हर्नामाडीको गुम्बाडाँडामा चित्रकला कार्यशाला हुँदैछ । असोज ५ गतेसम्म सञ्चालन हुने कार्यशालामा ४ विदेशीसहित अन्तर्राष्ट्रियस्तरका ३० जना चित्रकार सहभागी हुँदैछन् । चित्रकला कार्यशालामा सहभागी हुने सबै कलाकार हेटौंडा आइपुगिसकेका छन् । शुक्रबार दिउँसो कलाकारहरु हेटौंडा आइपुगेका हुन् ।
चित्रकला कार्यशालामा चीनबाट डा. जियाङ याङ निग्मा, भारतबाट सुरेश के नायर, बंगलादेशबाट फहमिदा इनाम काकोली, बेलायतबाट मार्टिन बेञ्जामिन ट्राभर्स सहभागी हुँदैछन् । यस्तै नेपालका शशी विक्रम शाह, बीरेन्द्रप्रताप सिंह, वत्स गोपाल बैद्य, कृष्ण मानन्धर, अशोकमान सिंह, शरद रञ्जीत, जीवन राजोपाध्याय, बुद्धि गुरुङ, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, शंकरराज सिंह सुवाल, गोविन्द सिंह डंगोल, उमाशंकर शाह, नविन्द्रराज भण्डारी, गौतम मानन्धर, उत्तम खरेल, मदन चित्रकार, चन्दा श्रेष्ठ, सुनिता राणा, सरोज बज्राचार्य, मुकेश श्रेष्ठ, लक्ष्मण भुजेल, सुरेन्द्र प्रधान, सीतादेवी कर्ण, राधेश्याम मुल्मीले हर्नामाडीमा चित्र बनाउने छन् ।
शनिबार बिहान साढे १० बजे होटल एभोकाडोबाटै कलाकारसहितको ¥याली हेटौंडा बजारको मुख्यचोक बुद्धचोकहुँदै कान्तिराजपथसम्म पुग्नेछ । झाँकीसहितको ¥याली कान्तिराजपथ पुगेपछि सवारीसाधनमार्फत हर्नामाडीको रामधुनीबाट पुनः गुम्बाडाँडासम्म याली हुने चित्रकला कार्यशाला आयोजनाका परिकल्पनाकार डा। तारालाल श्रेष्ठले जानकारी दिनुभयो । चित्रकला कार्यशाला आयोजनाको सबै तयारी पुरा भइसकेको प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो ।
४ वर्षअघि मूर्तिकला कार्यशाला आयोजना गरिएको गुम्बाडाँडामा मूर्तिबगैंचा क्षेत्रमै कलाकारले खुला रुपमा आफ्नो अनुकुलको स्थान रोजेर चित्र कोर्ने छन् । चित्रकारले चित्र कोर्दै गर्दाको दृश्य समेत अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । चित्रकला कार्यशालाको (डकुमेन्ट्री) निर्माण गर्ने छायाङ्कन समूह पनि तयार रहेको बताइएको छ । हर्नामाडी कला प्रतिष्ठानले हर्नामाडी हुँदै समग्र जिल्लालाई नै कलाको जिल्लाको रुपमा स्थापित गर्ने योजनाअनुसार यसपटक चित्रकला कार्यशाला आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले बताउनुभयो । चित्रकलाको अभ्यास भइरहेकै बेला चित्रकारको मनोभावलाई बुझेर साहित्यकारहरुले साहित्य रचना गर्नेछन् । हर्नामाडी कला प्रतिष्ठानले ऐतिहासिक मकवानपुर गढीबाट प्याराग्लाइडिङ गराउन खोजे पनि नागरिक उड्डयन प्राधिकरणले सिफारिस दिने प्रक्रिया पूरा नभएकोले आजै प्याराग्लाइडिङ हुन नसकिने जनाएको छ । चित्रकला कार्यशाला जारी रहँदा नै उड्डयन प्राधिकरणबाट स्वीकृति प्राप्त भएमा प्याराग्लाइडिङ उडाइने श्रेष्ठले बताउनुभयो ।

No comments