सुनिल खड्का प्रदेश अध्यक्ष चयन
५ असोज, हेटौँडा । मकवानपुरका पत्रकार सुनिल खड्का प्रेस सेन्टर नेपालको प्रदेश अध्यक्ष चयन भएका छन् । सेन्टरको बुधबार काठमाण्डौंमा सम्पन्न ३ नम्बर प्रदेश सम्मेलनले खड्काको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
प्रदेशको उपाध्यक्षमा कृष्ण लेकाली, नवराज दाहाल, शान्ता अधिकारी, सचिव डेनिस रोक्का, सहसचिव रमेश आचार्य, सञ्जय केसी, कोषाध्यक्ष रामकृष्ण थापा लगायत चयन भएका छन् । सम्मेलनको संचारमन्त्री सुरेन्द्र कार्कीले उद्घाटन गरेका थिए । निर्विरोध प्रदेश अध्यक्ष चयन भएपछि प्रतिक्रिया दिंदै खड्काले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । उनले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन, पेशागत सुरक्षा लगायतका सवालमा आफुले काम गर्ने बताए । एक दशकदेखि पत्रकाररितामा सक्रिय खड्काले हेटौँडामा रेडियो निकास र निकास साप्ताहिक संचालन गरिरहेका छन् ।

No comments