सविन उप्रेती भए नेपाल टप
हेटौंडा, १९ भदौ
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत व्याचलर अफ विजनेश म्यानेजमेन्ट बीबीएम कार्यक्रमको पाचौं सेमेस्टरमा मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी सविन उप्रेती नेपाल टप भएका छन् । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सार्वजनिक गरेको नतीजाअनुसार मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी सविन उप्रेतीले ३.७६ एसजीपीए प्राप्त गरी नेपाल टप हुन सफल भएका हुन् । हरेक सेमेस्टरमा उत्कृष्ट नतीजा हासिल गर्दै आएका उप्रेतीले पाचौं सेमेस्टरमा भने नेपाल टप गर्न सफल भएका हुन् । त्रिभुवन विश्वविद्यालयले नया कार्यक्रमको रुपमा बीबीएम २०७० सालदेखि मात्रै सुरु गरेको हो । बीबीएम कार्यक्रमलाई मकवानपुर बहुमुखी क्याम्पसले २०७० सालदेखि नै सञ्चालन गर्दै आएको छ । पाचौं सेमेस्टरको परीक्षामा सहभागी १५ जनामध्ये नेपाल टप उप्रेतीसहित ३ जन विशिष्ट श्रेणीमा र १० जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । मकवानपुर बहुमुखी क्याम्पसले बीबीएममा अधिकतम ४० जना विद्यार्थी अध्यापन गराउन अनुमति पाएको छ । पहिलो वर्ष भर्ना भई अहिले छैठौं सेमेस्टरमा १५ जना विद्यार्थी अध्ययनरत छन् भने चौथो सेमेस्टरमा १६ जना र दोस्रो सेमेस्टरमा ३८ जना विद्यार्थी अध्ययनरत छन् । मकवानपुर बहुमुखी क्याम्पस बीबीएम कार्यक्रम निर्देशक एवम् प्राध्यापक विजय शर्माका अनुसार त्रिभुवन विश्वविद्यालयले प्रयोगात्मक र सैद्धान्तिक दुबै पक्षलाई सन्तुलित ढंगमा मिलाएर बीबीएम कार्यक्रम ल्याएको र यसबाट विद्यार्थीहरुले व्यवस्थापन संकायका बारेमा उपयोगी सीप सिक्ने बताउनुभयो ।

No comments