Header Ads


सामसुङले ग्यालेक्सी नोट सेभेन बजारबाट फिर्ता लग्दै, ब्याट्रि पड्किएर समस्या


 भदौ १९ – मोबाइल निर्माता कम्पनी सामसुङले आफ्नो ग्यालेक्सी नोट सेभेन फोन बजारबाट फिर्ता ल्याउने भएको छ । ब्याट्रिको समस्या देखिएपछि सामसुङले ग्यालेक्सी नोट सेभेन फिर्ता बोलाउन लागेको हो । अमेरिका र दक्षिण कोरियामा ब्याट्रिका कारण मोबाइल फोन पड्कीएको खबर सार्वजनिक भएपछि फिर्ता गर्ने सामसुङले पछिल्लो निर्णय लिएको हो ।

कम्पनीका अनुसार अहिलेसम्म ३५ वटा मोबाइलमा यस्तो समस्या देखिएको छ । ग्यालेक्सी नोट सेभेन यसअघिनै किनिसकेका ग्राहकले आफ्नो मोबाइल साट्न सक्ने कम्पनीले बताएको छ । बिक्री गरिएका २५ लाख वटा फोन मध्ये कुनमा त्यस्तो समस्या देखिएको भन्ने यकिन गर्न नसकिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष को दोङ्ग जिनले पछिल्लो निर्णयले आफूलाई निकै पीडा दिएपनि उपभोक्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । कम्पनीका अनुसार १० देशमा फोन बिक्रीका लागि पठाइएको छ । एक सातापछि सामसुङको मुख्य प्रतिस्पर्धि एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन ल्याउने तयारी गरिरहँदा भएको यस्तो निर्णयलाई प्रविधि बजारमा निकै चासोका साथ हेरिएको छ ।

No comments

Powered by Blogger.