Header Ads


प्रधानमन्त्री प्रचण्ड एक महिनामा दुईचोटि भारत

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज अन्तिम साता फेरि भारत जाने सम्भावना बढेको छ । उनी भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् ।

तर, भारत भ्रमणबाट फर्किएको एक महिनाभित्रै अर्को भ्रमण गर्ने तयारी छ । अक्टोबर १५–१६ असोज २९ मा भारतको गोआमा भारतले ब्रिक्स सम्मेलनको आयोजना गर्दैछ । र, यो सम्मेलनमा विमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुलाई पनि निम्तो दिइएको छ । जहाँ, प्रचण्ड पनि निम्त्याइएका छन् ।

भारतीय विदेश मन्त्रालयका चिफ प्रोटोकल अफिसर सञ्जय वर्माले ब्रिक्स सम्मेलनमा ११ देशका सरकार तथा राष्ट्र प्रमुखसहित ८०० प्रतिनिधि गोआ आउने पक्का भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डका विदेश मामिला सल्लाहकार ऋषि अधिकारीले नेपाललाई पनि ब्रिक्स सम्मेलनको निम्तो आएको स्वीकार गरे । उनले अघि भने, त्यहाँ प्रधानमन्त्री जाने, नजाने केही दिनमै निर्णय हुन्छ ।’

बाक्लो भेटघाट

प्रधानमन्त्री प्रचण्डले छिमेकी देशका सरकार प्रमुखलाई बाक्लो रुपमा भेटघाट गर्ने सन्दर्भ जुरेको छ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दिल्लीमा भेटेको महिनादिनमै गोआमा अर्को भेट गर्ने सम्भावना छ ।

त्यो भन्दा अगाडि दिल्लीबाट फर्केको भोलिपल्टै प्रचण्ड संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जाने छन् । त्यहाँ पनि प्रचण्डको भेट अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिङसँग हुन सक्छ ।

अमेरिकाबाट फर्केर अक्टोबर १६ तारेखको रिट्रिट समिटका दिन गोआको ब्रिक्स सम्मेलनमा समेत चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग प्रचण्ड एउटै मञ्चमा देखापर्ने छन् ।

No comments

Powered by Blogger.