Header Ads


छात्रालाई जवरजस्ती करणी गर्ने टेकप्रसादलाई ५ वर्ष कैद सजाय

हेटौँडा,२४ भदौ

 गत २०७१ साल चैत्र २२ गते हेटौँडा उपमहानगरपालिका वडा नं ९ मा रहेको प्रगति उच्च माविमा अध्ययनरत छात्रालाई जवरजस्ती करणी गरेको आरोप लागेका शिक्षक टेकप्रसाद पौडेललाई पुनारावेदन अदालत हेटौडाले दोषि करार दिँदै ५ वर्षको कैद र ५० हजार क्षतिपुर्ति गरेको छ ।
न्यायधिसहरु बाबुराम रेग्मी र नागेन्द्रलाल कर्णको संयुक्त इजालाशले आज पौडेललाई दोषि ठहर गर्दै कैदको फैसला गरेको पुनारावेदन अदालत हेटौँडाका सूचना अधिकृत बद्री लामिछानेले खबरब्रेकलाई जानकारी दिए ।
२०७१ साल चैत्र २९ गते पिडीतको बुबाले जाहेरी दिएपछि पौडेलाई प्रहरीले पक्राउ गरि अदालतमा पेश गरेको थियो । तर जिल्ला अदालतले २०७२ साल असोज २७ गते पौडेल दोषि नरहेको भन्दै सफाई दिएपछि नेपाल सरकारले उक्त मुद्धा पुनारावेदनमा पेश गरेको थियो । सोहि मुद्धाको फैसलामा पौडेललाई पाँच वर्ष कैद गरिएको हो ।

No comments

Powered by Blogger.