Header Ads


सुल्तानले ३०० करोड कमाउँदा सलमानको भागमा १०० करोड

एजेन्सी मुम्बई, साउन २६
अभिनेता सलमान खानको पछिल्लो फिल्म ुसुल्तानुले वक्सअफिसमा ३०० करोड भारू कमाउन सफल भएको छ। फिल्मले पहिलो दुई हप्तामा करिब २५० करोड कमाएको भए पनि उसलाई ३०० करोडको आँकडा पार गर्न ३ सातासम्म कुर्नुपर्यो।

सलमानको फिल्मको यस कमाइमा उनका फ्यानहरूलेचाँहि असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सलमानलाई कम पैसा दिन फिल्म निर्माण कम्पनीले जानाजान कम कमाइ देखाएको आरोप लगाएका छण्। उनीहरूले यसको विरोध गर्दे ट्विटमा ुसुल्तानु निर्माण कम्पनी यसराज फिल्म्सविरूद्ध सुल्तानको कमाइ लुकाउन छाड भन्ने ह्यासट्याग नै चलाएका छन्।

प्रशंसकहरूले यस्तो विरोध गरेको भए पनि सलमानको भागमा यस फिल्मबाट झण्डै कमाइको एक तिहाइ अर्थात १०० करोड भारू हात पर्नछ। सलमानले फिल्म नाफा बाँड्ने सर्तमा खेलेकाले यति मोटो कमाइ उनको हात पर्न लागेको हो।

No comments

Powered by Blogger.