सिमलटार वासीले सामुसांसद संग गुनासो पोखे
हेटौँडा ११ सिमलटार निवासीले सांसद अनन्त पौडेल सामु आफ्नो गुनासो पोखेका छन् । गुनासो पोख्ने क्रममा बाटोमा स्ल्याप ढलान , खानेपानी , अव्यवस्थित वस्तीकनो व्यवस्थापन , राप्ती नदीको तट्बन्धन र नेपाल भारत विद्युत प्रसारण लाइनले घरमाथीबाट जाँदा उत्पन्न हुने समस्याको समाधान गरिदिन सांसद समक्ष टोलवासीले अनुरोध गरे । राज्यले अव्यवस्थित वस्तीलाई वेवास्ता गरिरहेको र व्यवस्थित गर्नुतर्फ केही पहल नगरेको समाजसेवी कमलचन्द्र सुमनले बताए । कार्यक्रममा बोल्दै सांसद अनन्त पौडेलले सिमलटारको विकासको लागि आफु सक्रिय रहेको बताए । उनले विपन्न वचत तथा ऋण सहकारी संस्था सँगै रहेको सभाहललाई व्यवस्थापनको लागि समेत सहयोग गर्ने बताए । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितीका अध्यक्ष देवकुमार श्रेष्ठ , सिमलटार टोल विकास संस्थाका अध्यक्ष देव थोकर , विपन्न वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुदुमाया वाइवा लगायतको उपस्थिती रहेको थियो ।



No comments