सोनम कपुर दुई वर्षदेखि गुपचुप ‘रिलेशनसीप’मा रहेको खुलासा
जहिल्यै मिडियासँग ‘सिंगल छु’ भन्दै आइरहेकी बलिउड हिरोइन सोनम कपुर दुई वर्षदेखि गुपचुप आनन्द र सोनमको रिलेसनशीपबारे मिडियामा सार्वजनिक भए पनि आनन्द र सोनमले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । यसै मेसोमा नायक अक्षय कुमारको घरमा भएको डिनर पार्टीमा सोनमको साथमा आनन्द पनि सहभागी भएपछि बलिउडमा सोनमको अफेयर्सबारे चासो र चर्चा बढेको छ ।
यद्यपी सोनम र आनन्दले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । बलिउडका सुपरस्टार अनिल कपुरकी छोरी सोनमलाई परिवारका तर्फबाट पनि आनन्दसँगको सम्बन्धमा कुनै आपत्ति नरहेको बताइएको छ ।
अक्षयको घरमा भएको पार्टीमा बलिउड सेलिब्रेटीका साथमा सेलिब्रेटी वील स्मिथ पनि सहभागी थिए । आनन्दले आफनो इन्स्टाग्राम एकाउन्टमा सोनम र वील स्मिथ सँगै बसेर खिचेको तस्बिर राखेका छन् । आहुजा परिवारको फेसन इन्डस्ट्रिजमा छुट्टै नाम र पहिचान छ । आनन्दले हालै मात्र आफनो छुट्टै ब्रान्ड ‘भानी’को लन्च गरेका हुन् । अमेरिकामा बिजनेश अध्ययन गरेका आहुजा बास्केटबल निकै मन पराउँछन् । त्यसैले स्मिथका उनी क्रेजी फ्यान हुन् ।
यसका साथै उक्त पार्टीमा सहभागी हुनेक्रममा गाडीको पछिल्लो सिटमा सोनम र आनन्द टाँसिएर बसेको दृश्यलाई केही सञ्चारकर्मीले आफनो क्यामेरामा कैद गर्न भ्याएको छन्, जुन तस्बिर अहिले ‘सोनम(आनन्द रिलेशनसीप’ शीर्षकमा इन्टरनेटमा निकै छाइरहेको छ ।
‘रिलेशनसीप’मा रहेको खुलासा भएको छ । दिल्लीको चर्चित फेसन ब्रान्ड ‘भानी’का मालिक आनन्द आहुजासँग दुई वर्षदेखि सोनम डेटिङमा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । – एजेन्सि


No comments